सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा : नापी अधिकृतसहित तीनविरुद्ध मुद्दा

सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा : नापी अधिकृतसहित तीनविरुद्ध मुद्दा

काठमाडौं : सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाम दर्ता गराउने नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत ३ जनाविरुद्ध विशेष अदालतमा रिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध पौने १० लाख विगो कायम गर्दै  सार्वजनिक सम्पत्ति गैरकानुनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । 

नापीका सर्भेक्षक रामराज यादव र जग्गा धनी  मुना पासिनलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध ९ लाख ८३ हजार ७ विगो कायम गरिएको छ ।

रुपन्देहीको  खड्वा बनगाई७, स्थित साविक कित्तानम्बर ३८७ को सार्वजनिक जग्गा छुट दर्ताको नाममा व्यक्ति विशेषको नाममा दर्ता गरेको भन्ने उजुरीपछि गरेको अनुसन्धानमा  सार्वजनिक सम्पत्ति व्यक्ति विशेषको नाममा कित्ताकाट गरी क्षेत्रफल बढाउने कार्यमा संलग्न भएको देखिएपछि उनीहरुविरुद्ध सजायको  मागदाबी लिइएको छ ।

 हालका जग्गाधनीहरु कल्पना ज्ञवाली र माधव न्यौपानेको हकमा गैरकानूनी रुपमा अन्य व्यक्तिको नाममा कायम भएको जग्गा आफ्नो नाममा खरिद गरेको देखिएकोले उनीविरुद्ध सरकारको नाममा कायम गर्ने प्रयोजनका लागि मात्र मागदाबी विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.