बाघको छालासहित एकजना पक्राउ

बाघको छालासहित एकजना पक्राउ

डडेल्धुरा : डडेल्धुरामा बाघको छालासहित एकजना पक्राउ परेका छन्। दशरथचन्दँ राजमार्ग सडकखण्डमा  बाघको छाला लुकाई छिपाई तस्कर गरिरहेको अवस्ड अजयमेरु गाउँपालिका १ का २९ वर्षीय जगतसिंह भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। भण्डारीलाई अमरगढी नगरपालीका-६ तोलीमा समातिएको प्रहरीले जानकारी दिएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सयुक्त टोलीले चेकजाच गर्ने क्रममा सु प प्र ०४००१ प ०५४८ नम्बरको मोटरसाइकलमा अवैध छालासहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।

पक्राउ परेका भण्डारीको साथबाट भालुको ठूलो पित्त एक थान, ठुलो बाघको जस्तोदेखिने छाला एक थान, सानो बाघको जस्तो देखिने छाला एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भण्डारीलाई आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय डडेल्धुरामा बुझाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। माघ १० गते साँझ ५ बजेतिर भण्डारीलाई पक्राउ गरिएको भएपनि डडेल्धुरा प्रहरीले आइतबार मात्रै सार्वजनिक गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.