बाजुराको हिमाली क्षेत्रमा भारी हिमपात, किसानलाई राहत

बाजुराको हिमाली क्षेत्रमा भारी हिमपात, किसानलाई राहत

बाजुरा : मौसम बदली भएसँगै बाजुराको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । तीन महिनाको खडेरीपछि हिउँ परेपछि हिउँदे बाली लगाएका किसान खुसी भएका छन् । 

हिउँदे बाली जौ, गहुँ, फलफूलमा पानीका लागि राहत मिलेको बुढीगंगा नगरपालिका–९ का कृषक कृष्ण सिंहले बताए । सिंचाई नभएको ठाउँमा हिउँ परेपछि लगाएको बाली सप्रिने आशा जागेको सिंहको भनाइ छ । 

बिहीबार रातिदेखि चिसो बढे पनि शुक्रबार बिहानदेखि बाजुरामा हिउँ पर्न सुरु भएको थियो । 

पहिलोपटक परेको हिउँले स्थानीयको जनजीवन भने केही प्रभावित बनाएको छ । चिसोले उच्च हिमाली क्षेत्रका स्थानीय घरबाहिर निस्कन सकेका छैनन्, वस्तुभाउ पनि गोठभित्र घाँस हालेर थुन्न बाध्य भएका छन् । यस्तै, बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा हिउँ पर्दा बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चारवटा स्थानीय तह जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ ।

 सडक अवरुद्ध भएपछि उत्तरी क्षेत्रका चार तह र कर्णालीका हुम्ला, कालिकोट र मुगुका स्थानीयलाई आवतजावतमा समस्या भएको छ । यस क्षेत्रका बिरामीलाई जिल्ला अस्पतालसम्म लैजान र बाहिर जिल्ला उपचार गराउन पनि समस्या भएको बालिका यातायात प्रालिका कर्मचारी चक्र बडुवालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.