गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : विदेशी विज्ञ टोली आउँदै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : विदेशी विज्ञ टोली आउँदै

काठमाडौं : भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ। उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिड—१९ का कारण चीन, थाइल्यान्ड, अमेरिका, अस्ट्रिया, यूकेलगायत मुलुकबाट विज्ञसहितको टोली आइनपुग्दा उपकरण जडानसम्बन्धी काम अलपत्र परेको हो। यो जडान गत अक्टुबर महिनामै सम्पन्न गर्नुपर्ने पूर्वनिर्धारित तालिका थियो।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार विज्ञसहितको टोलीलाई नेपाल भिœयाउन कुनै समस्या नभए पनि आगन्तुक मुलुकमा अपनाइएको कोभिड—१९ सम्बन्धी सुरक्षा मापदण्डका कारण उनीहरू आउन नपाएका हुन्। यसले गर्दा राष्ट्रिय गौरवका आयोजनामध्येको यो विमानस्थलको अन्तिम चरणको उपकरण जडानको काम अघि बढ्न नसकेको हो।

उक्त विमानस्थलको भौतिक प्रगति हालसम्म ९३ प्रतिशत छ। ‘दोस्रो चरणअन्तर्गतको बाँकी ७ प्रतिशतको काम गत अक्टुबरमा नै सक्नुपर्ने थियो’, पोखरेलले भने, ‘तर, कोभिडका कारण उपकरण जडानका लागि विदेशी विज्ञ आउन नसक्दा काम सुरु भएको छैन।’ विमानस्थलमा उपकरण जडानका लागि थाइल्यान्डको सरकारी कम्पनी एरोनोटिकल रेडियो अफ थाइल्यान्डले गत वर्ष नै ठेक्का पाएको थियो। प्राधिकरणसँग भएको ठेक्का सम्झौताअनुसार उक्त कम्पनीले गत अक्टुबरमा उपकरण जडानको काम सक्नुपर्ने थियो।

विमानस्थलमा उपकरण जडान गर्ने काम मात्रै बाँकी छ। विमानस्थलमा जडान गर्नका लागि विभिन्न मुलुकबाट ८० करोड मूल्यबराबरको विभिन्न प्रकारका उपकरण आयात गरी विमानस्थलमा राखिएको छ। पोखरेलका अनुसार विभिन्न कूटनीतिक नियोगमार्फत भएको वार्ताका कारण एउटा टोली आगामी फेब्रुअरी २० तारिखमा नेपाल आउने तय भएको छ। 

विमानस्थल निर्माणको दोस्रो चरणअन्तर्गत लाइट जडान, कन्भे बेल्ट जडान, विद्युतीय उपकरण जडानलगायत काम गर्न बाँकी रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। ब्यागेज ह्यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको काम प्रक्रियामा छ।

विदेशी कामदार आएर काम गर्न सुरु गर्दा करिब तीन महिनामा जडानको काम सक्ने अनुमान छ। उपकरण जडानको काम सकेर प्राधिकरणलाई हस्तान्तरण गरेपछि पनि अन्य कामका लागि थप तीन महिना लाग्छ। विमानस्थल सञ्चालनका लागि आन्तरिक तथा विदेशी अनुमति, अनुगमन, चेकजाँचको काम उपकरण जडानपछि मात्रै सुरु हुने प्राधिकरणले जनाएको छ।  अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरूप विमानस्थल सञ्चालन योग्य भएको ६ महिनाअघि नै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.