टेलिकमको नाफा घट्यो

टेलिकमको नाफा घट्यो

काठमाडौं : नेपाल टेलिकमको नाफा घटेको छ। नेपाल टेलिकमको २०७६/०७७ को दोस्रो त्रैमासिक वित्तीय विवरणको तुलनामा २०७७/०७८ नाफा घटेको छ। नेपाल टेलिकमको गत आवको दोस्रो त्रैमासिक वित्तीय विवरणको तुलनामा चालू आवको सोही अवधिमा नाफा १.७४ प्रतिशतले घटेको हो। गत आवको दोस्रो त्रैमासिकमा नेपाल टेलिमकले १८ अर्ब ३ करोड ९५ लाख ७६ हजार नाफा कमाएको थियो। चालू आवको  सोही अवधिमा १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ। गत वर्षको तुलनामा चालू आवमा नेपाल टेलिकमको नाफा ३१ करोड ४६ लाख ६२ हजार रुपैयाँले घटेको छ। 

नेपाल टेलिकमका अनुसार कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रोमिङ सेवा आएको गिरावट तथा ओटीटीको बढ्दो प्रयोगले आम्दानी घटेको हो। चालू आवको दोस्रो त्रैमासिकमा नेपाल टेलिकमले सेवाबापत ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार  रुपैयाँ संकलन गरेको छ। गत आवको दोस्रो त्रैमासिकमा ८ अर्ब ९९ करोड ८७ लाख २९ हजार रुपैयाँ संकलन गरेको थियो। गत आवको तुलनामा चालू आवको सोही अवधिमा आम्दानी ९० करोड ८४  लाख ४ हजार रुपैयाँले वृद्धि भएको छ। चालू आवको प्रथम त्रैमासिकको तुलनामा नेपाल टेलिकमको आम्दानी दोस्रो त्रैमासिकमा वृद्धि भएको छ। दोस्रो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी ४५ करोड ४२ लाख ३३ हजार रुपैयाँले वृद्धि भएको छ। चालू आवको पहिलो त्रैमासिकमा नेपाल टेलिकमले ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको थियो। 

चालू आवको दोस्रो त्रैमासिकमा कम्पनीले ९ हजार ८ करोड ९५ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ। चालू आवको पहिलो त्रैमासिकको तुलनामा भने कम्पनीको नाफा बढेको देखिन्छ। चालू आवको पहिलो त्रैमासिकमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार नाफा गरेको थियो। भने चालू आवको दोस्रो त्रैमासिकमा १ अर्ब ७७ करोड १६ लाख २५ हजार नाफा कमाएको छ। पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा कम्पनीको नाफा २५ करोड ३८ लाख ५५ हजार रुपैयाँले बढेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.