शिशु हत्याको अभियोगमा दुई महिला पक्राउ

शिशु हत्याको अभियोगमा दुई महिला पक्राउ

ताप्लेजुङ: आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा आइतबार दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकी २२ वर्षीया स्याङ्मु शेर्पा र फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमकी ३७ वर्षीया लाक्पा दिकी शेर्पा छन् ।

दुवैलाई अवैध रुपमा बच्चा जन्माएर मारेको अभियोग छ । स्याङ्मुले गत माघ २२ गते नवजात शिशु जन्माएर हत्या गरेको प्रारम्भिक बयानमा स्विकारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोख्रेलले बताए । स्थानीयले नवजात शिशुको शव गत माघ ३० गते अलैची बगानभित्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको जिल्ला अस्पतालमा पोष्टमार्टमपछि गाउँपालिकाले अन्त्यष्टि गरेको थियो ।

उता खेजिनिमको गुम्बाडाँडा छेउमा अम्रिसो रोपिएको पाखामा शनिबार दिउँसो स्थानीयले नवजात शिशुको शव देखेपछि प्रहरीललाई खबर गरेका थिए । शव भेटिएको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धानका क्रममा सोही गाउँकी लाक्पा दिकीलाई पक्राउ गरेको थियो ।

शवको प्रारम्भिक अनुसन्धानपछि जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम भइरहेको छ । लाक्पा दिकीले आफ्नो अवैध रुपमा रहन गएको गर्भबाट गत माघ ७ गते नवजात शिशु जन्मिएको हुनाले हत्या गरेर फालेको प्रारम्भिक बयानमा बताएको पोख्रेलले जानकारी दिए । दुवैलाई जिल्ला अदालतबाट आइतबारै ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.