‘विप्लव’ समूहका ‘जनसरकार’ प्रमुख पक्राउ

‘विप्लव’ समूहका ‘जनसरकार’ प्रमुख पक्राउ

राजविराज : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सप्तरी ‘जनसरकार’ प्रमुख रामनाथ मण्डलसहित तीन जनालाई पक्राउ गरेको छ । 

सप्तरी प्रहरीले शनिबार विभिन्न स्थानबाट ‘जनसरकार’ प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डल तथा सिरहा÷सप्तरी जिल्ला सदस्य राजविराज नगरपालिका– ४ का उदय उपनामका उदयनाथ मण्डल र बिष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डललाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट युवा संगठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला संघ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको पत्र, अखिल नेपाल किसान महासंघ केन्द्रीय समिती लेखिएको पर्चा, नेकपा जिल्ला सप्तरीको मिति २०७७।०३।१६ गतेको पर्चा, जन विद्रोह लेखिएको किताब, विर मधेसी लेखिएको किताब, युवा संगठन नेपालको साधारण सदस्यता ठेलीलगायत चन्दा माग्न प्रयोग भएको चार थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहका अनुसार उनीहरुले सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यावसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीसँग चन्दा माग्ने, धाकधम्की दिने गरेका थिए । गोप्य सूचनाका आधारमा अनुसन्धान पश्चात उनीहरुलाई पक्राउ गरिएको डीएसपी  साहले बताए ।
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.