सिद्धार्थ राजमार्ग विस्तार : ७ सय घर भत्काइँदै

सिद्धार्थ राजमार्ग विस्तार : ७ सय घर भत्काइँदै

तानसेन : सिद्धार्थ राजमार्ग विस्तारका क्रममा पाल्पा खण्डमा निर्माण भएका करिब ७ सय घर भत्किने भएका छन्। सिद्धार्थ राजमार्गलाई चार लेनमा विस्तार गर्ने तयारी छ।  सडक क्षेत्र अतिक्रमण गरी बनेका घरटहरा भत्काउन लागिएको हो। 

बुटवलको चिडियाखोलादेखि पाल्पाको सिमाना राम्दी क्षेत्रसम्म सडक सिमानाको २५ मिटरभित्र दायाँबायाँ बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किनेछन्। फालिने ७ सय घरमध्ये करिब ४ सय पक्की घर छन्। ३ सय कच्ची घर हुन्। 

सडक निर्माणको समयमा २०२५ सालमा सडक सीमाभित्र कुनै घर थिएनन्। तर, पञ्चायतकाल, प्रजातान्त्रिक व्यवस्थामा आममानिसले सडक मिचेर घर निर्माण गर्दासमेत सडक विभागले कुनै अवरोध नगर्दा यति धेरै संख्यामा घर निर्माण भएका हुन्। 

सिद्धार्थ राजमार्ग भारतीय सिमाना सुनौलीदेखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म रहेको छ। राजमार्गको सुनौलीदेखि बुटवलसम्मको २५ किलोमिटर क्षेत्रमा ६ लेनको सडक निर्माण भई सञ्चालनमा आएको छ भने पाल्पादेखि पोखरासम्मको १५६ किलोमिटर क्षेत्रमा कतै एक लेन त कतै मुस्किलले दुई लेनको सडक सञ्चालनमा छ। 

सिद्धार्थ राजमार्गको पाल्पा खण्डको अधिकांश सडक अतिक्रमण भएको छ।  दिनहुँ सडक अतिक्रमण हुँदै जानु, २०२५ सालमा बनेको सडकले हालका सवारीसाधनको चाप र भार क्षमतालाई समेत धान्न नसक्दा सिद्धार्थ राजमार्ग जीर्ण हुँदै गएको छ। 

१० टन क्षमताका लागि निर्माण गरेको सडकमा अहिले २० देखि ३० टनसम्मका सवारीसाधन सञ्चालन हुँदै आएका छन्। तानसेन बुटवल सडकखण्डमा दैनिक २ हजारभन्दा बढी टिपरले करिब २० टनका हिसाबले चुनढुंगा ढुवानी गर्दै आएका छन्। यसका कारण सडक साँघुरो हुँदा एक घण्टामा यात्रा गर्न सकिने तानसेन–बुटवल सडक अहिले कम्तीमा पनि ३ घण्टा लाग्ने गरेको छ। 

डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशित गरी सडकको दायाँबायाँ २५ मिटर क्षेत्रका  भौतिक संरचना तत्काल आफैं हटाउन निर्देशन गरेको छ। डिभिजन सडक कार्यालय  पाल्पाले बुटवलको चिडियाखोलादेखि पाल्पाको राम्दीसम्म सडकको दायाँबायाँ २५ मिटरभित्र पर्ने घरको तथ्यांक संकलन गरी हटाउने घरमा रातो पोतिसकेको र निर्माण भएका भौतिक संरचना हटाउन माइकिङ गरिएको  डिभिजन प्रमुख मुकुन्द अधिकारीले बताए।  ढिलोमा चैतदेखि सडक सीमाभित्रका संरचना हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको डिभिजन प्रमुख अधिकारीले बताए।  

‘हामीले सडक सीमा क्षेत्र उपभोग गर्दै आएका उपभोक्ताको जानकारीका लागि सार्वजनिक सूचना निकालेर जानकारी गराएका छौं, अटेर वा बेवास्ता गरी भौतिक संरचना नहटाएको स्थानमा डिभिजन सडक कार्यालयले जुनसुकै समयमा पनि डोजर सञ्चालन गरी सडक सीमा क्षेत्रभित्रका संरचना हटाउँछ’, कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवु खत्रीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.