मैले प्रधानमन्त्री मागेको छैन, अफर आए छोडिन्‍नँ : देउवा

मैले प्रधानमन्त्री मागेको छैन, अफर आए छोडिन्‍नँ : देउवा

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री नमागेको तर अफर आए नछोड्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आफूले नमागेको तर जिम्मेवारी पाए नछोड्ने बताएका हुन् । 

‘मैले प्रधानतमन्त्री मागेको छैन’, देउवाले भने, ‘जिम्मेवारी छोड्दिन ।’ देउवाले आफूलाई हतार नभएको तर जिम्मेवारी दिए त्यसलाई स्वीकार गर्ने बताएका हुन् । 

पुस ५ गते प्रधानमन्त्री केपी अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।  फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् । 

देउवाले भने पार्टीको आधिकारिकता विवाद पहिला समाधान गर्न प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.