विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इन्चार्ज रिहा

विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इन्चार्ज रिहा

धनगढी : सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता भएपछि, कैलाली कारागारमा रहेका सेती महाकाली इन्चार्ज तथा केन्द्रीय सदस्य ओमप्रकाश पुन रिहा भएका छन्। उनी २०७७ असार ३१ गते कैलालीको धनगढी उपमहानगरपालिकाको कनरीबाट पक्राउ परेका थिए। 

प्रहरीले उनले बोकेको झोलामा हतियार भेटिएको भन्दै हातहतियार, खरखजाना मुद्दा दर्ता गरेको थियो। सोही मुद्दामा, जिल्ला अदालत कैलालीले गत साउनमा ५० हजार रकम धरौटी माग गरेको थियो। 

धरौटी नबुझाएपछि, उनलाई साउनमा कैलाली कारागार पठाइएको थियो। शुक्रबार भने उनले ५० हजार धरौटी जम्मा गरेका छन्।  पुनसँगै कैलाली कारागारमा रहेका विप्लवकै सेती महाकाली ब्युरो सदस्य विवेक कुमाल पनि शुक्रबार रिहा भएका छन्। उनलाई, हातहतियार खरखजानासम्बन्धी तीनवटा मुद्दा लगाइएको थियो। उनी पनि ५० हजार धरौटी बुझाएर रिहा भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.