धनगढीमा लागेको आयो नियन्त्रणमा

धनगढीमा लागेको आयो नियन्त्रणमा

धनगढी : सुदूरपश्मिको राजधानी धनगढीमा लागेको आगो नियन्त्रणमा आएको छ । नेपाल आयल निगमको क्षेत्रीय डिपो भन्दा करिव सय मिटरको क्षेत्रमा लागेको आगो भर्खरै नियन्त्रणमा आएको हो । 

स्थानीय युवाले सञ्चालन गरेको फर्निचर सोरुममा दिउँसो साढे १२ बजेपछि लागेको आगो नियन्त्रणमा आएको हो । आगलागीबाट सोरुममा राखिएका सबै फर्निचरका सामग्री जलेको सञ्चालकमध्येका एक भोजराज भट्टले बताए । 

सोरुमको  भित्रिभागमा वेल्डिङ गर्दा त्यसको झिल्काले आगलागी भएको अनुमान स्थानीयले गरेका छन् । बन्दै गरेको सोरुमको उदघाटन हुनै बाँकी थियो । 

१० दिनपछि उद्घाटनको तयारिमा रहेको सोरुममा आगलागि भएको हो  । प्रहरीले सोरुमको क्षतिको विवरण संकलन भइरहेको बताइरहेका वेला साझेदारले भने सात करोडको नोक्सान भएको बताएका छन् । धनगढी उप महानगरपालिका, गोदावरी, पुनर्वास नगरपालिकाका दमकलले २ घण्टापछि आगो नियन्त्रणमा लिएको छ ।

आगलागि भएको सोरुमको सामुन्ने आयल निगमको क्षेत्रीय डिपो छ । डिपोले पार्किङको व्यवस्थापन नगरेकाले इन्धन बोकेका सैयौं ट्यांकर पनि आगलागी भएको सोरुम अगाडि थिए । 

आगलागी निगमको डिपोलाई नछोपोस भन्नका लागि नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरिको टोली घटनास्थल पुगेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.