दुर्घटनामा घाइते महन्थको मृत्यु
राजविराज : सप्तरीमा भएको सवारी दुर्घटनामा घाइते भएका रौतहटस्थित राम मन्दिरका महन्थको मृत्यु भएको छ । बिराटनगरस्थित बिराट नर्सिङ अस्पतालमा उपचारका क्रममा रौतहटको देवाही गोनाही नगरपालिका–९ घरहरी घर भई ईटवालस्थित राम मन्दिरका महन्थ ६५ वर्षीय ब्रम्हदेव साह भनिने रेखा दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका–५ तारखोला पुलस्थित पूर्व–पश्चिम लोकमार्गमा शुक्रबार राति बा.४० प २२१५ नम्बरको मोटरसाइकलले महन्थ दासलाई बाटो काटने क्रममा ठक्कर दिएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएपछि घाइते दासलाई सप्तरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि बिराटनगर भर्ना गरिएकोमा उनको मृत्यु भएको डिएसपी भुवनेश्वरप्रसाद साहले बताए ।
डिएसपी साहका अनुसार प्रहरीले मोटरसाइकल र चालक सप्तरीको शम्भुनाथ नगरपालिका–६ का ३० वर्षीय रमजानी मियाँलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस !