कटुवा पेस्तोलसहित दुईजना पक्राउ

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

राजविराज : सप्तरीको राजविराजबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहेका सप्तरीको बिष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवक पक्राउ परेको एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

स.७ प ९६७० नम्बरको मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार बिष्णुपुर गाउँपालिका–५ का १९ वर्षीय प्रमोद साहलाई राजविराज नगरपालिका–६ बाट पक्राउ गरिएको एसपी धमलाले बताए । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय राजविराजको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शर्माको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको छ ।

शर्मा यसअघि ०७४ जेठ १३ गते एक थान कटुवा पेस्तोल र सो मा लाग्ने तीन थान गोलीसहित पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.