राजविराजमा राष्ट्रिय भारोत्तोलन  प्रतियोगिता सुरु

राजविराजमा राष्ट्रिय भारोत्तोलन  प्रतियोगिता सुरु

राजविराज : राजविराजमा शनिबारदेखि सुरु भएको राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरी र बर्दिया जिल्लाले ४/४ स्वर्ण पदक प्राप्त गरेको छ ।

भारोत्तोलन खेलाडी तथा निर्णायक देवसुन्दर यादवको प्रथम स्मृतीमा सुरु भएको राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाल प्रहरी र बर्दियाले ४/४ स्वर्ण तथा सप्तरीले २ स्वर्ण पदक हात पारेको हो ।

महिला सिनियरतर्फ ५९ किलो तौल समूहमा नेपाल प्रहरीकी देवी चौधरी प्रथम, नेपाली सेनाकी मनिषा रानाभाट द्वितीय र सशस्त्र प्रहरीकी लीला राई तृतीय भएकी छिन् । सोही तौल समूहमा युथ र जुनियरतर्फ सप्तरीकी सरीता यादव प्रथम र बर्दियाकी ललिता हेमराना द्वितीय भएका छन् । 

महिला सिनियरतर्फ ५५ किलो तौल समूहमा नेपाल प्रहरीकी टीकामाया गुरुङ प्रथम, नेपाली सेनाकी प्रभा थारु द्वितीय र इलामकी सुष्मा राई तृतीय भएकी छिन् । युथतर्फ बर्दियाकी नन्दा थापा मगर प्रथम, सप्तरीकी खुशी चौधरी द्वितीय र बाँकेकी सामना थारु तृतीय भएकी छन् । 

सिनियर महिलातर्फ ४९ किलो तौल समूहमा नेपाल प्रहरीकी संगीता राई प्रथम, ललितपुरकी उत्साह पाण्डे द्वितीय भएकी छिन् । युथमा सप्तरीकी पुजा मण्डल प्रथम, कास्कीकी सुष्मा काफ्ले द्वितीय र सप्तरीकी ज्योती मण्डल तृतीय भएकी छिन् । जुनियरमा बर्दियाकी पवित्रा थापा मगर प्रथम, सप्तरीकी पुजा मण्डल द्वितीय र कास्कीकी सुष्मा काफ्ले तृतीय भएकी छन् ।

सिनियर महिलातर्फ ४५ किलो तौल समूहमा नेपाल प्रहरीकी हिरामोती थारु प्रथम भएकी छन् । सो तौल समूहमा युथतर्फ बर्दियाकी अरुणिमा थापा प्रथम, सप्तरीकी अम्बिका यादव द्वितीय र कास्कीकी अनिका गुरुङ तृतीय भएकी छन् । जुनियरतर्फ बर्दियाकी अरुणिमा थापा प्रथम, दाङकी सन्जना चौधरी द्वितीय र सप्तरीकी काजल सदा तृतीय भएकी छिन् ।

जिल्ला भारोत्तोलन संघ, सप्तरीको आयोजनामा भएको प्रतियोगितामा विभागीय तीन टोलीसहित २० वटा जिल्लाका टिम सहभागी रहेको नेपाल भारोत्तोलन संघका महासचिव तिलकबहादुर राउतले जानकारी दिए । दुईदिने राष्ट्रिय प्रतियोगिताका लागि ४७ महिला र ७३ पुरुष खेलाडीको सहभागिता रहेको छ ।

सप्तरीमा पहिलो पटक खेलाडीको स्मृतिमा भइरहेको राष्ट्रियस्तरको प्रतियोगिता कोभिड–१९ को महामारीपछि नेपालमै पहिलो पटक भइरहेकोले खेलाडीमा उत्साह थपिएको र अपेक्षा गरे भन्दा बढी खेलाडी सहभागी भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

सप्तरीबाट २०४२ सालदेखि खेल्न सुरु गरी २० वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका राजविराज– ९ निवासी देवसुन्दर यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो । 

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशभरिका खेलाडीको संरक्षण संम्बद्र्धनका लागि प्रदेश सरकार क्रियाशिल रहेको बताए । जिल्ला भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेशकुमार यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संविधानसभा सदस्य सूर्यनाथ यादव, राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, देबसुन्दर यादवका परिवारका सदस्य लगायतको उपस्थिती थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.