माओवादी र जसपासँग मिलेर ओली सरकारलाई विस्थापित गर्नुपर्छ: रामचन्द्र पौडेल

माओवादी र जसपासँग मिलेर ओली सरकारलाई विस्थापित गर्नुपर्छ: रामचन्द्र पौडेल

बेनी: नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वले अवसरको सदुपयोग गरेर राजनीतिक निकासका लागि उचित निर्णय लिनुपर्ने बताएका छन् । 

नेपाली काँग्रेस म्याग्दीका पूर्वसभापति डा भुपेन्द्रबहादुर खड्काको स्मृतिमा आइतबार बेनीमा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्वले राजनीतिक समस्या समाधानका लागि अग्रसरता लिनुपर्ने बताए ।

‘केपी ओलीसँग काँग्रेसले के लिनु छ र ढुलमुल ढुलमुल गर्नुपर्‍यो ? केही भए भन्नुपर्‍यो,’ नेता पौडेलले सभापति शेरबहादुर देउवाप्रति प्रश्न गरे ‘संसद भंग गर्ने, संवैधानिक निकायमा हस्तक्षेप गर्ने, अधिनायकवाद र सर्वसत्तावाद, निरंकुशतावाद लाड्नेलाई हिट गर्नुपर्छ । हामीले अब त्यसैसँग चोचोमोजो कही पनि गर्नुहुँदैन् ।’

संघीय, प्रदेश नम्बर १ र बाग्मती प्रदेश सरकार बिरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई काँग्रेसले साथ दिएर विस्थापित गर्न सकेको भए अहिलेको जटिल राजनीतिक अवस्था नआउने पौडेलको भनाइ थियो ।

‘पद र सत्ता भन्दा भन्दा व्यवस्था र संविधानलाई बचाउन पार्टी नेतृत्वले उचित निर्णय लिन ढिला गर्नुहुँदैन,’ पौडेलले भने ‘प्रजातन्त्र, संविधानमाथि प्रहार गर्ने वर्तमान सरकारलाई विस्थापित गर्न नेतृत्वले अवसर गुम्न दिनु हुन्न ।’

सबै कम्युनिष्ट पार्टीलाई एकै हिसाबले हेर्न र व्यवहार गर्न नहुने भन्दै नेता पौडेलले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर वर्तमान सरकारलाई जतिसक्दो छिटो विस्थापित गर्नुपर्ने तर्क गरे ।

सत्ता स्वार्थका लागि मिलेका नेकपा एमाले र माओवादी केन्द्र भागबन्डा नमिलेर फेरि विभाजन भएको र काँग्रेसले स्पष्ट अडान र नीति लिएर अघि बढेमा जनताले विश्वास गर्ने र साथ दिने उनको भनाइ थियो ।

अदालतले माग्दै नमागेको फैसला गरेर माओवादी र एमालेलाई ब्युँताउनुमा प्रपन्च भएको पौडेलको भनाइ थियो । काँग्रेसले आफ्नो व्यवहार सुधार्न जनतालाई एजेण्डा बुझाउन नसक्दा कम्युनिष्टले भ्रम छरेर सत्तामा पुगेका पौडेलले दावी गरे ।

अर्काको पार्टी भत्केला र हामो पार्टी बलियो होला भनेर नबस्न कार्यकर्तालाई आग्रह गरे ।  आफ्नै पार्टीलाई बलियो बनाउन र जनताको विश्वास जित्ने काम गर्नुपर्ने बताए । नेपाली काँग्रेसको केन्द्रीय सदस्य रत्ना शेरचन, अर्जुनप्रसाद जोशी लगायतले वर्तमान सरकार रहेसम्म संविधान र व्यवस्थामाथि खतरा भएकाले विस्थापित गर्नुपर्ने बताए ।

बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको ८० वर्षको उमेरमा फागुन २५ गते काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । बि.स. २०५६ देखि २०६७ सम्म दुई कार्यकाल काँग्रेस म्याग्दीको जिल्लो सभापति भएका खड्का तत्कालीन अर्थुङ्गे गाउँ पञ्चायत र गाबिसको अध्यक्ष थिए । उनी म्याग्दी बुहुमुखी क्याम्पस सञ्चालक समितिको पूर्वअध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको पूर्व सभापति थिए । चिकित्सक रहेका खड्काले बेनीको प्रकाश माविमा शिक्षण गरेका थिए । उनका एक छोरा र एक छोरी छन् ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, उपसभापति माधवप्रसाद रेग्मी, पूर्वसभापति रेशमबहादुर बानिया लगायतले पञ्चायत, दन्द्धकाल र जनआन्दोलनमा खड्काले पुर्‍याएको योगदानको चर्चा गरेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.