उपचारको बहानामा यौन दुर्व्यवहार

उपचारको बहानामा यौन दुर्व्यवहार

राजविराज : उपचारको बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत एक चिकित्सकलाई शुक्रबार नियन्त्रणमा लिएको छ। नन्दलाई उपचार गराउन पुगेकी २५ वर्षीया महिलासँग शुक्रबार यौनजन्य दुर्व्यवहार गरेको आरोपमा सप्तरी प्रहरीले डा. राजन जैसवाललाई नियन्त्रणमा लिएको एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। 
बालरोग चिकित्सक जैसवालमाथि उपचारको बहानामा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। अस्पतालले समेत तत्कालै उनलाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।

घटना छिन्नमस्ता अस्पतालस्थित डा. जैसवालको कोठा हो। ‘सुरुमा त भखैरै जन्मिएकी शिशु बालिकालाई जाँच्दा छोइएको भन्ठाने।’ पीडित महिलाले भनिन्– ‘ब्लाउज नै खोलेपछि प्रतिकार गर्दा जबरजस्ती चेकजाँच गर्छु भन्दै अश्लिल र अस्वाभाविक क्रियाकलाप गरे।’ 

भारत बिहार राज्यको मधुबनी जिल्ला खुटौना घर भएकी २१ वर्षीया महिला सुत्केरीका लागि सप्तरीस्थित माइत आएकी थिइन्। छिन्नमस्ता अस्पताल भर्ना भएकी उनले बुधबार शिशु बालिकालाई जन्म दिइन्। चिकित्सककै सल्लाहमा शिशु बालिकालाई आइसियु कक्षमा भर्ना गरियो।

शुक्रबार डिस्चार्ज हुने दिन थियो। घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एक पटक भेटनु भनेर डा. जैसवालले कुरुवा बसेकी बिरामीकी भाउजुलाई भनेका थिए। सुत्केरी महिलाको उपचारबापत अस्पताल र औषधी पसलमा लागेको सम्पूर्ण खर्च चुक्ता गरेर सपरिवार सिटी सवारीमा चढिसकेका थिए। त्यसैबेला डाक्टरले बोलाएको सम्झेर सुत्केरीका दाजु र भाउजु बालिका लिएर डा. जैसवालको केविनभित्र पुगे। 

शिशु बोकिरहेकी माइज्युलाई डाक्टरले नजिकै टाँसिएर बस्न लगाएको पीडितले बताइन्। ‘त्यसपछि आला लगाएर बालिका जाँच्न थालेका डाक्टरले आफ्नो पेट सुम्सुम्याए, संवेदनशील अङ्ग छुनुका साथै चलाए।’ महिलाका अनुसार डिस्चार्ज भइसकेको अवस्थामा पुनः पुर्जामा केही औषधि लेखेर उनका श्रीमानलाई औषधी पसल पठाए। ‘सुरुमा त शिशुलाई जाँच्दा झुक्किएर छोइएको होला भनेर बेवास्ता गरे। तर जब ब्लाउजको तीनवटा टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागे, त्यसपछि प्रतिकार गरेको’ पीडित महिलाले बताइन्। 

प्रतिकार गर्दासमेत जबरजस्ती गर्ने प्रयास गरेको भन्दै पीडितले अस्पतालकै चिनजानका स्वास्थ्यकर्मीलाई बोलाएको बताइन्। डाक्टरको केबिनको छेउकै कोठामा काम गरिरहेका उनी पुग्दासमेत महिलाको ब्लाउज खोलिएको अवस्थामा थियो। डाक्टर जैसवालले आरोपको खण्डन गर्दै आफूले शिशु बालिकालाई आमाले दुध खुवाउने तरिका सिकाउन खोजेको बताए।

बिरामी महिलाले आफूसँग भएको व्यवहारबारे आफन्तलाई बताएपछि तत्कालै महिलाका आफन्तले दोषीलाई पक्राउ गरी कारबाहीको लागि प्रहरीमा खबर गरे। प्रहरीले महिलासँग सोधपुछ गरी आरोपित डा. जैसवाललाई नियन्त्रणमा लियो। उनी हाल प्रहरी हिरासतमा छन्।

यौन दुर्व्यवहारको घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योगको उजुरी दिएकी छिन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.