घाइते सहचालक कालीगण्डकीमा फाल्ने चालक पक्राउ

घाइते सहचालक कालीगण्डकीमा फाल्ने चालक पक्राउ

स्याङ्जा : घाइते सहचालक गणेश गाहलाई कालीगण्डकीमा फाल्ने २४ वर्षीय चालक अमित परियार पक्राउ परेका छन्।  पत्नी र एक छोरीसहित भारततर्फ जान  लागेका परियारलाई रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। 

चैत ५ गते अस्थायी नं लु.अ.अ.फ. १०१२ को ट्याक्टर चालक गल्याङ नगरपालिकाका अमित परियार, सहचालक २१ वर्षीय सुनिल राना र १९ वर्षीय गणेश गाहाले साँखरबाट बालुवा लिएर फर्कने क्रममा गाहा ट्याक्टरबाट खसेपछि उनका साथीले कालीगण्डकी नदीमा फालिदिएका थिए। 

प्रमुख अभियुक्त मानिएका परियार रुपन्देहीमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा पुगेको टोलीले पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।  

कालीगण्डकी घाटबाट ट्याक्टरमा ढुंगा, बालुवा भरेर ल्याउँदै गर्दा गुडिरहेको ट्याक्टरबाट गाह जमिनमा खसी घाइते भएपछि चालक परियारले आफैले बोकेर कालीगण्डकी नदीमा फालेको प्रहरीले जनाएको छ।

चालकको दायाँ–बायाँ बसेका सहचालकद्वय मध्ये बायाँपट्टी बसेका गाहा ट्याक्टरबाट खसेर घाइते भएपछि नदीमा फालेर उ वेपत्ता हुन्छ, घटनाबारे कसैलाई थाहा हुँदैन भन्ने सानो सोच बनाउदा ठूलो घटना घटेको प्रहरी प्रमुख बोगटीको भनाइ छ। 

त्यो दिन ३ जना साथी मिलेर साँझ ८ बजे खाजासहित मादक पदार्थ समेत खाएको अनुसन्धानबाट खुलेको छ। एक महिनाअघि आफ्नै दाई पर्ने छिमेकीले किनेको सो ट्याक्टरले स्थायी नम्बर पनि पाएको थिएन। यसअघि गत चैत ८ गते अर्को सहचालक सुनिल रानालाई पक्राउ गरिएको थियो। 

घटनास्थलबाट चप्पल रगतले लतपतिएको भेटिएको प्रहरीले जनाएको छ। घटनाको ३ दिनपछि सुनील रानाले तानसेनस्थित दिदी देवी घिमिरेको घर पुगेर घटना सुनाए। त्यसपछि दिदीले नै उनलाई प्रहरी सक्षम पुरयाएकी हुन।  

घटनामा संलग्न परियार र रानालाई पक्राउ गरी ज्यानसम्बन्धी कसूर कर्तव्य ज्यान मुद्दा दर्ता गरी सोमबार अदालतले ७ दिनको म्याद थप गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

प्रनाउ अधिकारीका अनुसार ४ दिनअघि गणेश गाहको पनि शव भेटिएको छ। पाल्पास्थित कालीगण्डकी नदी किनारमा उनको शव भेटिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.