हत्या आरोपका दुई अभियुक्त सार्वजनिक

हत्या आरोपका दुई अभियुक्त सार्वजनिक

मलंगवा :  सर्लाही सदरमुकाम मलङ्गवामा टाउको काटेर एक युवकको हत्या गरिएको घटनामा संलग्न दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । सदरमुकाम मलङ्गवा नगरपालिका–१०, बस्ने नागेश्वर यादवका छोरा २५ वर्षीय सुशील कुमार यादवको चैत ११ गते राती टाउको नै छिनाएर अत्यन्त विभत्स ढङ्गले हत्या गरिएको थियो ।

मृतकको शव चैत १२ गते बिहान मलङ्गवा नगरपालिका–९, स्थित पचगछिया चौरीमा फेला परेको थियो । मृतकको शरीर भेटिएको स्थानबाट ६१ मिटर पर टाउको फेला परेको थियो । सो विभत्स हत्याको घटनामा संलग्न रहेका मलङ्गवा नगरपालिका–१०, का ४५ वर्षीय विमलकान्त पाठक र उनका भान्जा पर्ने भारत बिहार राज्य सीतामढी बथनाहा मझौलिया स्टेट वडा नं. १० बस्ने ४१ वर्षीय अशोक झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

दुवै अभियुक्तले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकारेका सर्लाही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिएका छन् । राठौरका अनुसार दुवै अभियुक्तलाई मलङ्गवाको मालपोत कार्यालय क्षेत्रबाट चैत्र १२ गते पक्राउ गरिएको थियो ।  सुशीलको हत्या हुनुको मुख्य कारण पारिवारिक विवाद र आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ । 

चैत्र ११ गते राती विमलकान्त र अशोकले मलंगवा १० स्थित एक होटलमा मदिरा सेवन गरि सुशीललाई बोलाएर घरमा लगेका थिए । घरमा लागू औषध नाईट्रभेट ट्याब्लेट र गाँजा समेत सेवन गराएका थिए । नषालु पदार्थ सेवनले लठ्ठ बनेपछि सुशीललाई गाई बाँध्ने गोठमा लगि प्लाष्टिकको डोरीले हात खुट्टा बाँधि सुशीलले बोकेको गम्छाले मुख बाँधी चौरीमा लगेका थिए । 

घरबाट करिब ५ सयको एकान्त चौरीमा लगि दुबैजना मिलेर खुकुरीले घाँटी काटी हत्या गरेको थियो । कसैले पहिचान गर्न नसकोस भनेर टाउकोलाई ६१ मिटर पर खाल्टो खनी गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले अभियुक्तको घरबाट हात्या गर्ने क्रममा प्रयोग गरिएका धारिलो हतियार खुकुरी, डोरी, सुशीलको जुत्ता समेत बरामद गरेको छ । प्रहरीका अनुसार मृतक र अभियुक्त तीनै जना लागूऔषध सेवनकर्ता रहेको खुलेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.