खानेपानी माग्दै धरानबासी आन्दोलित: मेयर र उपमेयरले भ्रष्टाचार गरेको आरोप

खानेपानी माग्दै धरानबासी आन्दोलित: मेयर र उपमेयरले भ्रष्टाचार गरेको आरोप

धरान: सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार भएपछि स्थानीय बासिन्दा खानेपानी माग्दै आन्दोलित भएका छन् ।

हप्ता दिनदेखि धारामा खानेपानी नआएको भन्दै धरानबासीहरुले रित्तो ग्राग्री बोकेर धरानका जनप्रतिनिधि विरुद्ध विरोध प्रर्दशन गरेका छन् ।

धरान उपमहानगरपालिका अन्तर्गत खानेपानी व्यवस्थापन बोर्डले पानी वितरण नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । रित्तो ग्राग्री बोकर आन्दोलनमा उत्रिएका हजारौं स्थानीयले धरान उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।

धरान उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि विकास बजेटमा भ्रष्टाचार भएको, जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी नभएको भन्दै आन्दोलनमा उत्रनु परेको धरान १९ का धनकुमार राईले बताए ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण थालिएको खानेपानी आयोजनाको काममा करौडौं रुपैया भ्रष्टाचार भएको भन्दै तत्काल छानवीन गरी दोषीउपर कारवाही गर्न आन्दोलनको नेतृत्व गरेका हर्क साङपाङले माग गरेका छन् ।

उनले खानेपानी आयोजनाको काममा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र खानेपानी व्यवस्थापन बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेललाई कारवाही गर्न समेत माग गरेका छन् ।

रित्तो गाग्री ठटाउँदै नगरपालिका गेटमा पुगेका आन्दोलनकारीहरुलाई प्रहरीले गेटमा चावी लगाएर भित्र प्रवेश गर्न दिइएन् । उपमहानगरपालिकाले खानेपानी नियमित पानी वितरण गर्न नसकेपछि धरानको दैनिक जनजीवन कष्टकर बनेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धरानमा सहज रुपमा पानी वितरण गर्न खानेपानी व्यवस्थापन बोर्डका प्रमुखलाई निर्देशन दिएको बताए । नेकपा माओवादी केन्द्रले पनि मंगलवार धरानका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाउँदै तत्काल पानी वितरण गर्न माग गरेको छ । माओवादी केन्द्रका धरान अध्यक्ष सुदर्शन श्रेष्ठले धरानमा नियमित पानी वितरण नगर्दा धरानबासी काकाकुल बन्नु परेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.