उपल्लो मुस्ताङमा फोरजी इन्टरनेट

उपल्लो मुस्ताङमा फोरजी इन्टरनेट

जोमसोम : दुर्गम जिल्लाको रुपमा परिचित उपल्लो मुस्ताङमा शनिबारदेखि फोरजी सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले उपल्लो मुस्ताङको लोमान्थाङ र स्याङवचेमा चौथो पुस्ताको फोरजी सेवा जडान गरेको जनाएको छ ।

२०७३ सालबाट काठमाडौं उपत्यकामा सुरु गरिएको फोरजी सेवा धौलागिरिका तीन जिल्ला पर्वत,बाग्लुङ  र म्याग्दीमा विस्तार भएको थियो । पछिल्लो समय नेपाल टेलिकमले मुस्ताङको जोमसोम र मुक्तिनाथक्षेत्रमा विस्तार गरिएको फोरजी सेवा शनिबार उपल्लो मुस्ताङसम्म पुर्याइएको नेपाल टेलिकम बाग्लुङका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

उनका अनुसार टेलिकमका प्राविधिकले उपल्लो मुस्ताङमा फोरजी जडान गरेका हुन् । मोबाइल डाटामार्फत अत्याधुनिक प्रविधिको उच्च गतिको इन्टरनेट चलाउन फोरजी सेवा सञ्चालनमा ल्याइएको इन्जिनियर शर्माले उल्लेख गरे । निकट भविष्यमै मुस्ताङका ५ वटै स्थानीय तहमा फोरजी विस्तार गरिने वरिष्ठ इन्जिनियर शर्माको भनाइ छ ।

नेपाल टेलिकमले मुस्ताङका अन्य स्थानमा पनि क्रमशः फोरजी सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।उपल्लो मुस्ताङमा फोरजी सेवा सञ्चालनमा आएसँगै टेलिकमका सेवाग्राहीले उच्च गतिको इन्टरनेट सेवा उपयोग गर्न पाउने भएका हुन् । 

यसअघि उपल्लो मुस्ताङमा थ्रीजी सेवा सञ्चालनमा ल्याइएको थियो । फोरजी मोबाइल ब्रोडब्याण्ड(उच्चगतीको ईन्टरनेटसहितको मोबाइल) सेवा हो ।यसको क्षमता थ्र्रीजी भन्दा क्षमतायुक्त र तीब्र गतीको इन्टरनेट मानिन्छ । यसको गती प्रतिसेकेन्ड एकसय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ । ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ । 

उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् । फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियोसमेत हेर्ने सुविधा दिने बताइन्छ । फोर जी सेवाले ‘डिजिटल नेपाल’को लक्ष्यलाई पनि सघाउने गर्छ । विशेषगरी भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइबर पुर्याउन कठिन पर्ने भएकाले टेलिकमले ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी विस्तार गरेको जनाएको छ ।

फोर जी राउटरबाट कम्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ ।मोबाइलमार्फत फोरजी सेवा एक्टिभ गर्न स्टार फोरफोरफोर ह्यास डायल गरी प्राप्त निदेशन अनुसार सीम परीक्षण गरी उपयोग गर्न सकिन्छ । फोरजी एक्टिभ भएपछि मोबाइलमा नोटिकेफसन सूचना आउँछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.