खुवालुङ संरक्षणको माग गर्दै चुम्लुङ्ले गाड्यो सप्तकोसीमा झण्डा

खुवालुङ संरक्षणको माग गर्दै चुम्लुङ्ले गाड्यो सप्तकोसीमा झण्डा

धरान : सप्तकोसीको बीचमा रहेको खुवालुङ (ढुङ्गा) को संरक्षणको माग गर्दै किराँत याक्थुम चुम्लुङ्ले सप्तकोसीमा झण्डा गाढेको छ । सोमबार चुम्लुङ्का केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका प्रतिनिधिहरुले सप्तकोसीको त्रिवेणीमा गएर झण्डा गाढेको हो ।

सरकारले सप्तकोसीमा पानी जहाज चलाउन सहज बनाउन कोसीको बीचमा रहेको ढुङ्गा हटाउन तयारी थालेको भन्दै सांस्कृतिक, धार्मिक तथा एेतिहासिक महत्व बोकेको खुवालुङ बचाउन सरकारलाई दबाब दिने उदेश्यले झण्डा गाडेको चुम्लुङ सुनसरीका अध्यक्ष मोहन होक्पाचोङ्बाङ्ले बताए । 

उनले कुनै पनि बहानामा खुवालुङ हटाइए सरकारविरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छ्न् । खुवालुङ्लाइ राई, लिम्बू,याख्यार सुनुवारहरुले पूजा गर्ने गरेका छ्न् । खुवालुङ्लाइ  माझ किरात र लिम्बुवानको सिमानाको रुपमा समेत हेर्ने गरिएको छ । यही खुवालुङमा राई, लिम्बू, याख्या र सुनुवारको सङगम स्थल समेत रहेको चुम्लुङ सुनसरीका सचीव ताजुब लिम्बूले बताए 

चुम्लुङले त्रिबेणीमा पूजा समेत गरेको छ । लिम्बू फेदाङ्माले लिम्बू संस्कृती अनुसार  विपत्ति नआओस भन्दै सप्तकोसीमा पूजा गरेर कामना गरेका छ्न् । खुवालुङ बचाउन किरात राई यायोख्याले समेत माग गर्दै सप्तकोसीमा यस अगाडि नै झण्डा गाडेको थियो।

सप्तकोसीमा खुवालुङ संरक्षणको माग गर्दै झण्डा गाड्दै चुम्लुङका प्रतिनिधिहरु । तस्बिर : रत्नप्रसाद आचार्य


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.