महाकाली अस्पतालमा भरिए आइसोलेसन

महाकाली अस्पतालमा भरिए आइसोलेसन

महेन्द्रनगर : महाकाली अस्पतालमा कोरोना संक्रमित राख्न बेड अभाव भएको छ। अस्पतालमा रहेको ५० शय्याको आइसोलेसनमा ५३ जना बिरामी राखिएको छ। भारतबाट नेपाल आउनेमा गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गर्दा दैनिक १० देखि १५ जना संक्रमित अस्पताल पुग्ने गरेको कोरोना फोकल पर्सन डा. गोविन्द रोकायाले बताए। डा. रोकायाका अनुसार संक्रमित थपिँदै गएकाले अस्पतालमा आइसोलेसन बेड अभाव भएको हो।

‘हाम्रो क्षमता ५० बेडको मात्रै हो सबै प्याक भइसकेको छ’, डा. रोकायाले भने, ‘दैनिक संक्रमित थपिने क्रम बढेको छ।’ उनले गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि धनगढीको सेती अस्पताल पठाउने गरिएको बताए।

महाकालीमा बेड अभाव हुन थालेपछि स्वास्थ्य कार्यालयले महेन्द्रनगरस्थित आईसीएचको भवनमा आइसोलेसन बनाउने तयारी गरेको छ। उक्त भवनमा १ सय जना अटाउने गरी आइसोलेसन बनाउने काम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालय प्रमुख शिवराज सुनारले एक दुई दिन भित्रै सञ्चालनमा आउने गरी आइसोलेसन तयार गरिरहेको बताए। ‘लक्षण देखिएकालाई महाकाली अस्पताल र बिना लक्षणलाई यहाँ राख्ने व्यवस्था मिलाइरहेका छौ’, सुनारले भने।

पछिल्लो एक महिनामा महाकाली अस्पतालमा १ सय ७ जना संक्रमित भर्ना भएका थिए। जसमध्ये केही वडाध्यक्षको सिफारिसमा होम आइसोलेसनमा छन् भने केही डिस्चार्ज भएका छन्।गड्डाचौकी नाका हुँदै एक महिनामा १७ हजार नेपाली स्वदेश फर्केका छन् भने गौरीफन्टा नाकाबाट १८ हजार। 

नयाँ वर्ष र सुदूरपश्चिमको प्रमुख पर्व बिसु मनाउन र भारतमा कोरोना संक्रमण तीव्र भएकाले नेपाल फर्कनेको संख्या बढेको जिल्ला प्रहरी प्रवक्ता अमरबहादुर थापाले बताए। गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक १ हजार संख्यामा नेपाल प्रवेश गरिरहेका छन्। अस्पतालमा समयमै ठाउँको व्यवस्थापन गर्न सकिएन भने बिरामीको उपचारमा मात्रै होइन, कोरोना रोकथाममै समस्या हुन सक्ने चिकित्सकले बताएका छन्। महाकाली अस्पतालमा समेत एन्टिजेन परीक्षण गराउन आउनेको संख्या बढेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.