राजविराजमा परीक्षण गराएका ६९ जनामध्ये ४१ जना कोरोना पोजिटिभ
राजविराज : पछिल्लो २४ घण्टामा सप्तरीमा १० महिलासहित थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा भएको ६९ जनाको पीसीआर परीक्षणमा १० महिला र ३१ पुरुष गरी ४१ जनाको पोजिटिभ आएको अस्पतालले जनाएको छ । जसमध्ये १३ जना राजविराजका छन् ।
राजविराज नगरपालिका–१ का ३३ वर्षीय पुरुष, राजविराज–३ का ३० र ३२ वर्षीय पुरुष, राजविराज– ६ का २१, ४२ र ४५ वर्षीय पुरुष, ३२ वर्षीया महिला, राजविराज–७ का २५ वर्षीया महिला, राजविराज– ८ का २१, ४२, ५५ वर्षीय पुरुष, ४५ वर्षीया महिला, राजविराज– ९ का ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी कञ्चनरुप नगरपालिका–२ की १४ र २८ वर्षीया महिला, ३४ र ५५ वर्षीय पुरुष, सप्तकोशी नगरपालिका–१ का ३५ र ५५ वर्षीय पुरुष, बोदे बर्साइन नगरपालिका–६ का ३२ वर्षीय पुरुष, बोदे बर्साइन–४ का २९ वर्षीय पुरुष, डाक्नेश्वरी नगरपालिका–७ की ३५ वर्षीया महिला, डाक्नेश्वरी–९ का ७० वर्षीय पुरुष, डाक्नेश्वरी–१० का ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
राजगढ गाउँपालिका–३ की ७० वर्षीया महिला, रुपनी गाउँपालिका–१ का रुपनी १ का २२, २८, २८ वर्षीय र रुपनी–२ का ३० वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–१ का ३४ वर्षीया महिला, २७ र ४४ वर्षीय पुरुष, वडा नम्बर–८ का २८ वर्षीय पुरुष, महादेवा गाउँपालिका–३ का २४ र २५ वर्षीय पुरुष, महादेवा–४ का ४०, ४० वर्षीया महिला र ४४ वर्षीय पुरुष संक्रमित भएका छन् ।
जिल्ला बाहिर सिरहाको लहान नगरपालिका–३ का ३२ वर्षीय पुरुष, सिरहाकै कल्याणपुर–४ का २२ वर्षीय पुरुष र धनुषाको मिथिला बिहारी–६ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको अस्पतालले जानकारी दिएको छ । योसहित हाल सप्तरीमा सक्रिय सङ्क्रमित सङ्ख्या १ सय ३२ जना पुगेको छ । संक्रमितमध्ये एक जना धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् भने अन्य घरमै आइसोलेशनमा छन् । नयाँ संक्रमित दुईसहित हालसम्म सप्तरीमा ४३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !