सुदूरपश्चिममा २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिममा २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु

धनगढी : कोरोना भाइरसबाट सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। धनगढीको सेती प्रादेशीक अस्पतालमा ५ जना, कञ्चनपुरको महाकाली अस्पतालमा पनि ५ जना र जिल्ला अस्पताल बझाङमा २ जना गरी १२ जनाको मृत्यु भएको हो।

सेती प्रादेशीक अस्पतालमा धनगढी उपमहानरपालिका-२ का ४३ वर्षका पुरुष, लम्की चुहा नगरपालिका-१ का ३८ वर्षका पुरुष र वडा नम्बर १० का ३५ वर्षका पुरुष र डडेल्धुराको आलीताल ६ का २५ वर्षको महिला गरी पाँच जनाको मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

उता कञ्चनपुरको महाकाली अस्पतालमा पाँच जनाको मत्यु भएको छ। भीमदत्त नगरपालिकाका-६ का २४ वर्षका महिला, वडा नम्बर १८ का ६५ वर्षका महिला, वडा नम्बर १८ कै ३७ वर्षका पुरुष, वडा नम्बर १३ का ७४ वर्षका पुरुष र महाकाली नगरपालिका -१० का ३४ वर्षका पुरुषको मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।

जिल्ला अस्पताल बझाङमा पनि दुई जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल बझाङका सूचना अधिकारी नारायण जोशीले जिल्ला अस्पतालमा उपचाररत दुई संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका-३ की ५५ वर्षीया महिला र तल्कोट गाँउपालिका-१ की ४० वर्षीया महिला रहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.