भक्तपुरमा कोरोना संक्रमण १३५ प्रतिशतले वृद्धि

भक्तपुरमा कोरोना संक्रमण १३५ प्रतिशतले वृद्धि

भक्तपुर : भक्तपुरमा एकदिनको फरकमै १३५ प्रतिशतले कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएको छ । सोमबार २ सय १८ जनामात्रै संक्रमित थपिएकोमा मंगलबार यो संख्या बढेर एकैपटक ५ सय १२ पुगेको हो । जुन १३५ प्रतिशतले वृद्धि हो ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मंगलबार भक्तपुरका ४ नपामध्ये मध्यपुर थिमि नपामा मात्रै सबैभन्दा एकसय ९३ जना संक्रमित थपिए । जसमा ९९ जना पुरुष र ९४ जना महिला रहेका छन् ।

त्यस्तै सूर्यविनायक नपामा ६७ पुरुष र ५१ महिला गरी एकसय १८ जनालाई संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए । उनका अनुसार भक्तपुर नपामा ४० महिला र ३८ पुरुष गरी ७८ जना र चाँगुनारायण नपामा ४६ पुरुष र २७ महिला गरी ७३ जना नयाँ संक्रमित थपिए ।

स्वास्थ्य कार्यालयका अनुसार मंगलबार संक्रमण पुष्टि भएका भक्तपुर जिल्लाका ३२ पुरुष र १८ महिला गरी ५० जना संक्रमित सम्पर्कविहीन भए । उनीहरुमध्ये केहीले स्वास्थ्य कार्यालयले सम्पर्क गर्न गरेको फोन उठाएनन् । केहीको सम्पर्क नम्बर नै गलत भेटिएको कार्यालय प्रमुख मिजार बताउँछन् । केहीको मोबाइल स्वीच अफ रहेको उनको भनाइ थियो ।

भक्तपुरमा पीसीआर परीक्षण गराएकामध्ये ७५ प्रतिशतभन्दा बढीलाई संक्रमण पुष्टि हुँदै आएको छ । स्वास्थ्य कार्यालय प्रमुख मिजारले कोरोना भाइरस संक्रमण पछिल्लो समय भक्तपुरका ४ वटै नपामा समुदायस्तरमै फेलिइसकेको दावी गरे । त्यसैले भक्तपुरमा कोरोना भाइरस संक्रमण तीव्रगतिमा बढिरहेको उनले स्पष्ट पारे ।

उनले सर्वसाधारण आफै सचेत नहुँदासम्म संक्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण हुनेमा जोड दिए । ‘निषेधाज्ञाले मात्रै कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापन भएको देखिएन’, प्रमुख मिजारले थपे, ‘सहरी क्षेत्रमा हेर्दा निषेधाज्ञा भएको अनुभूति हुँदैन । त्यसैले सर्वसाधारण आफै सचेत नभई संक्रमण नियन्त्रण गर्न सजिलो छैन ।’

भक्तपुरमा हालसम्म कोरोना संक्रमणको कारण मर्नेको संख्या एकसय ३६ पुगेको छ । जसमा ८८ पुरुष र ४८ जना महिला रहेका छन् । जसअनुसार भक्तपुर नपाका ४८ जना र मध्यपुर थिमि नपाका ४६ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै सूर्यविनायक नपाका ३१ र चाँगुनारायण नपाका ११ जना संक्रमितले ज्यान गुमाएका छन् ।भक्तपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ६१ जना पुगेका छन् । जसअनुसार एकहजार ४ सय एक पुरुष र एकहजार एक सय ६० जना महिला रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.