अक्सिजन नपाए ३ युवा छन् !

अक्सिजन नपाए ३ युवा छन् !

महेन्द्रनगर : भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण देखिन थालेपछि महाकाली अस्पतालमा आइसोलेसन अभाव हुन थालेको थियो। संक्रमितहरू अक्सिजन अभावले छटपटाइरहेका थिए। त्यही बेला स्वास्थ्य परीक्षण गर्न महाकाली अस्पताल पुगे युवा व्यवसायी दिनेश मल्ल। अस्पतालमा शय्या र अक्सिजन अभावमा संक्रमितले ज्यान गुमाइरहेको देखेपछि मल्लले ३ सय ५० सिलिन्डर उपलब्ध गराउने योजना बनाए। 

‘म कोरोना परीक्षणका लागि महाकाली अस्पताल पुगेको थिए। अस्पतालको प्रांगणमा अक्सिजनको पर्खाइमा मान्छेहरू बसिरहेका थिए’, कञ्चनपुरका भीमदत्त नगरपालिका–६ का मल्लले भने, ‘अक्सिजन अभावमा छटपटाइरहेको अवस्था थियो। यो अवस्थामा सहयोग गर्नुपर्छ भन्ने लाग्यो।’ 

उनले अस्पतालबाटै सुशील श्रेष्ठ र शेरबहादुर सिंहलाई फोन गरे। कोरोना पोजिटिभ देखिएका उनी होम आइसोलेसनमा थिए। ‘जति रकम लागे पनि त्यसको खर्च बेहोर्ने गरी अस्पतालमा अक्सिजन दिने निर्णय गरियो’, उनले भने, ‘गत वर्ष गड्डाचौकी नाकामा स्वदेश फर्किने नेपालीहरूलाई खाना खुवाएका थियौं। त्यो गु्रप अहिले पनि सहयोगका लागि तयार छ।’

भारतबाट फर्केका नेपाली भोकभोकै लामो यात्रा गर्नुपर्ने बाध्यता देखेपछि खाना खुवाउने अभियान चलाएको उनले बताए। ‘अहिले महाकाली अस्पताललाई एक सातासम्म चाहिएजति अक्सिजन उलब्ध गराउने सम्झौता गरेका छौँ’, उनले भने, ‘अवस्था नाजुक छ अस्पतालसँग गरेको ७ दिनको सम्झौता सकिएपछि ग्रुप बनाएर अभियानलाई निरन्तरता दिने तयारीमा छौं।’ 

कुमार श्रेष्ठ निर्माण सेवाका सञ्चालक श्रेष्ठ, पूजा ट्रेर्डसका सञ्चालक मल्ल र सिंहले दैनिक ५० सिलिन्डर अक्सिजन उपलब्ध गराउँदै आएका छन्। अस्पतालबाट खाली सिलिन्डर नेपालगन्ज पठाउने र अक्सिजन भरेर अस्पतालमा पुर्‍याउने कार्य जारी रहेको उनले बताए।

‘एक सातासम्म ३ सय ५० सिलिन्डर अक्सिजन अस्पताललाई दिन्छौँ’, मल्ले भने, ‘अझै अक्सिजन आवश्यक छ। अब गु्रप बनाएर अभियान जारी राख्छौं।’ उनले खाली सिलिन्डर अभावले दैनिक ४०–५० थान मात्रै अस्पताललाई दिन सकिएको बताए। नेपालगन्जबाट अस्पताल पुर्‍याउँदासम्म ढुवानीसहित प्रतिसिलिण्डर १३ देखि १४ सयसम्म लागत लाग्छ। 

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले युवा व्यवसायीको सहयोगले अस्पताललाई ठूलो राहत भएको बताए। ‘अक्सिजनको हाहाकार भएको अवस्थामा युवा व्यवसायीको सहयोग अतुलनीय छ’, अध्यक्ष जोशीले भने, ‘अक्सिजन सहयोग नगरेको भए अवस्था भयावह हुने थियो।’

मल्लले अक्सिजन सहज रूपमा फिलिङ हुन नसकिरहेको बताए। ‘अक्सिजन पाउनै मुस्किल छ। अस्पतालमा बजेट थिएन। एक मात्र सानो प्लान्टले महामारी धानीरहेको थिएन। त्यसैले सत्कर्म गर्ने मन लाग्यो’, उनले भने।

श्रेष्ठ र मल्लले अक्सिजनको रकम व्यक्तिगत रूपमा दिने बताएका छन्। ‘हामी कतैबाट रकम संकलन गर्दैनौं, आफैं बेहोर्ने हो’, मल्लले भने, ‘यो महामारीका बेला सरकारको मात्रै मुख ताक्नुभन्दा पनि आफूले गर्ने सहयोगमा सबैले जुट्ने हो।’

उनलाई आफूलाई लागेको कोरोना कहिले निको होला र बिरामीको सेवामा लागू भन्ने भएको छ। उनको दोस्रो पीसीआर नेगेटिभ आइसकेको छ। ‘यो कोरोना कहिले ठीक होला र अरू साथीहरूलाई पनि अक्सिजन अभियानमा जोडन सकिएला झैं लागेको छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.