भक्तपुरमा कोरोना महामारीबाट दैनिकजसो मृत्यु, दुईदिनमा ११ जनाले गुमाए ज्यान

भक्तपुरमा कोरोना महामारीबाट दैनिकजसो मृत्यु, दुईदिनमा ११ जनाले गुमाए ज्यान

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण दैनिक मृत्यु हुन थालेको छ । गएको एक हप्तादेखि यहाँ लगातार संक्रमितको मृत्यु हुन थालेको हो । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बुधबार र बिहीबार क्रमशः ५ र ६ जना संक्रमितको मृत्यु भएको छ । मंगलबार भने अहिलेसम्मकै सबैभन्दा बढी ९ जनाको मृत्यु भएको थियो ।

यससँगै भक्तपुरका कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या १७४ पुगेको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए । उनका अनुसार बिहीबार एकदिन ६ जना मृत्यु भएका संक्रमितमा मध्यपुर थिमि नपाका मात्रै ३ पुरुष र एकजना महिला गरी ४ जना रहेका छन् ।भक्तपुर र चाँगुनारायण नपाका एकएकजना महिला संक्रमितको मृत्यु भएको उनको भनाइ छ ।

भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपाका ४४ जना पुरुष र १८ महिला गरी ६२ जना संक्रमितको मृत्यु भएको छ । भक्तपुर नपाका ३२ पुरुष र २१ महिलार गरी ५३ जना, सूर्यविनायक नपाका २६ पुरुष र १७ महिला गरी ४३ जना संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै चाँगुनारायण नपाका १० पुरुष र ६ महिला गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ ।

भक्तपुरमा सक्रिय संक्रमित भने ४ हजार ५ सय ५५ जना रहेका छन् । जसअनुसार सबैभन्दा बढी मध्यपुर थिमि नपमा ७९२ पुरुष र ७६६ महिला गरी एकहजार ५ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् । मध्यपुर थिमिपछि सूर्यविनायक नपामा ६५२ जना पुरुष र ५५४ जना महिला गरी एकहजार २ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भक्तपुर नपामा ४३० जना पुरुष र ४२३ जना महिला गरी ८५३ र चाँगुनारायण नपामा २९६ जना पुरुष र २१६ महिला गरी ५१२ जना सक्रिय संक्रमित रहेका छन् ।

कूल सक्रिय संक्रमितमध्ये १५८ पुरुष र १४१ महिला गरी २९९ जना अर्थात ६.५६ प्रतिशत अस्पताल तथा नपाको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ९३.४४ प्रतिशत अर्थात २ हजार २ सय ५१ पुरुष र २ हजार ५ महिला री ४ हजार २ सय ५६ जना होम आइसोलेसनमा रहेको कार्यालय प्रमुख मिजार बताउँछन् ।

भक्तपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ हजार ७ सय १६ पुगेको छ । जसअनुसार ८ हजार ६ सय ८९ पुरुष र ७ हजार २७ महिला रहेका छन् । त्यस्तै ६ हजार एक सय ६८ पुरुष र ४ हजार ८ सय १९ महिला गरी १० हजार ९ सय ८७ जना अर्थात ६९.९० प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.