गोली प्रहारबाट घाइते भएका माओवादी नेताको मृत्यु
कपिलवस्तु : गोली प्रहारबाट घाइते भएका नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिपक पाण्डेयको सोमबार राति उपचारको क्रममा मृत्यु भएको छ। गत जेठ ५ गते राति कपिलवस्तु नगरपालिका वडा नं. ६ रामनगरमा ३ जनाको समूहमा आएका व्यक्तिको गोली प्रहारबाट घाइते भएका पाण्डेयको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको थियो।
घाइते पाण्डेयलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पु¥याइएको भए पनि गत राति घाइते पाण्डेयको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।
घटनामा संलग्न रहेका ३ जनामध्ये २ जना पक्राउ परेका छन्। प्रकाउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओम प्रकाश यादव र कपिलवस्तु नगरपालिका वडा नं. २ का ३३ वर्षीय शाकिर अली पखिया पक्राउ परेका प्रहरीले जनाएको छ। फरार एक जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।
नेता पाण्डेयसँगै गोली लागेर घाइते भएका भारतीय नागरिक भने उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको छ।
प्रतिक्रिया दिनुहोस !