नागरिकको जीवन रक्षामा बर्दिबास अस्पतालको प्रयास

नागरिकको जीवन रक्षामा बर्दिबास अस्पतालको प्रयास

बर्दिबास : कोरोना महामारीका बेला बर्दिबास नगरपालिकाले संचालन गरेको बर्दिबास अस्पताल नागरिकको आशा र भरोसाको केन्द्र बनेको छ। कोरोना संक्रमितका लागि अक्सिजन सहितको १५ बेडको आइसोलेसन बर्दिबास अस्पतालमा संचालित छन्। 

अक्सिजन नपाइरहेको बेला बर्दिबास अस्पतालमा नागरिक स्तरबाटै अक्सिजन सिलेन्डर, तथा स्वास्थ्यकर्मी, बिरामी, कुरुवाका लागि खानाको प्रबन्ध गरिएको छ। संघसंस्थाले स्वास्थ्य उपकरण पनि सहयोग गरेको छ।

स्वास्थ्यकर्मीले ज्यानको बाजी लगाएर कोरोना संक्रमितको उपचार गरिएको छ। संक्रमितले उपचार पाएपछि दंग छन्। उनीहरु स्वास्थ्य भएर घर फर्किरहेका छन्।

महोत्तरी, सर्लाही, धनुषाको उत्तरी क्षेत्रका नागरिकको साँझा अस्पतालको रुपमा चिनिएको बर्दिबास अस्पतालले कोरोना महामारीमा संक्रमितको उपचार गरेर जीवन रक्षा गरिरहेको छ। अस्पतालका कर्मचारी पनि डाक्डरलाई खुलेर सहयोग गरिरहेका छन्।

कोविड-१९ को उपचार गर्दै आएको बर्दिबास अस्पताललाई हेल्भेटास नेपाल संस्थाले १२ लाख मूल्यका स्वास्थ्य सामग्री सहयोग गरेको छ।  पीसीआर परीक्षण र कोभिड-१९ सङ्क्रमितको उपचार गर्दै आएको अस्पताललाई हेल्भेटास नेपालले पूर्वसतर्कता र उपचारमा सहयोग हुने १२ लाख मूल्य बराबरको सामग्री उपलब्ध गराएको हो। हेल्भेटासका तर्फबाट साझेदार संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा बर्दिबास नगरप्रमुख बिदुरकुमार कार्कीलाई सामग्री हस्तान्तरण गरेका छन्।

अस्पताललाई प्राप्त सामग्रीमा अक्सिजन कन्सेन्ट्रेटर मसिन-२, नेवुलाइजर मसिन-१०, प्रोटेवल सक्सेन मसिन-२, प्लस अक्सिमिटर-१५, एन-९५ मास्क-५००, पीपीई  सेट-२५, सर्जिकल ग्लब्स-५००, भिटिएम ट्युव-५००, एन्टिजेन किट-२५०, एक्सट्रेक्सन किट-३८४ र पिसिआर किट-३८४ थान छन्।

व्यवसायी उमेर साहले यस अघि अस्पताललाई ५० थान अक्सिजन सिलेन्डर सहयोग गरेका थिए। हालै नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दिबासले ४० वटा सिलेन्डरमा अक्सिजन रिफिलिङ्ग गरेर सहयोग गरेका छन्। 

बर्दिबास सेवा समितिले बर्दिबास अस्पताललाई एउटा एम्बुलेन्स उपलब्ध गराएको छ। कोरोना महामारीमा ज्यान गुमाएकाको शव व्यवस्थानमा समस्या परेपछि नगरपालिले बर्दिबास सेवा समितिसँग रहेको एम्बुलेन्सलाई शव वहानको रुपमा प्रयोग गर्न माग गरेको थियो।

बर्दिबास सेवा समितका युवाले १४ वर्ष अघि चन्दा उठाएर १० लाखमा ज १ च ६२२ नम्बरको एम्बुलेन्स खरिद गरेका थिए। उद्योग वाणिज्य संघ बर्दिबासको यसमा विशेष आर्थिक सहयोग थियो।

बर्दिबास नगरपालिकास्थित बर्दिबास अस्पतालको नाममा नामसारी गर्ने गरी आफ्नो संस्थाको एम्बुलेन्सको साँचो नगरपालिकाका मेयर विदुरकुमार कार्कीलाई हस्तान्तरण गरिएको बर्दिबास सेवा समितिका अध्यक्ष हिरा गौतमले बताए।

‘कोरोना महामारीले विकराल रुप लिदैं गएको छ। यसको नियन्त्रणमा हाम्रो पनि योगदान होस् भनि हामीले चलाइरहेको एम्बुलेन्स शव बाहनका रुपमा प्रयोग गर्न बर्दिबास नगरपालिकाका लाई हस्तान्तरण गरेका हौं,’ उनले भने।

कोरोना महामारीसँगको लडाइँमा सबै तिरबाट सरकारलाई सहयोग भइरहेको मेयर कार्कीले बताए। ‘लगातार तीन घण्टा फोन गर्दा पनि शव व्यवस्थापन गर्न सवारी नभेटिएको हामीसँग तितो अनुभव छ,’ मेयर कार्कीले भने,‘बर्दिबास सेवा समितिले यस्तो विपद्को अवस्थामा जुन एम्बुलेन्स हामीलाई प्रदान गर्नुभयो त्यसको खुशी हामी शब्दमा व्यक्त गर्न सक्दैनौं।’

बर्दिबास कोभिड-१९ व्यवस्थान समितिले जनस्तरबाट अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामी, तिनका कुरुवा र र स्वास्थ्यकर्मीलाई खाना खुवाइरहेको छ।

गत वर्ष २०७७ मै बर्दिबास नगरपालिकाले पीसीआर मसिन खरिद गरेर अस्पतालबाट स्वाब सङ्कलन र परीक्षण सेवा थालेको थियो। गत मङ्सिरयता कोभिड-१९ सङ्क्रमण मत्थर भएपछि स्थगित यो सेवा यसपालि २०७८ प्रारम्भ भएयता वैशाख दोश्रो सातादेखि नै दोहोरिएर सङ्क्रमण बढेपछि गत वैशाख २० गतेदेखि पुनः सेवा थालेको हो।

अस्पतालले कोभिड-१९ का बिरामी बढ्दै गएपछि लाग्दो जेठ नै कोभिड-१९ अस्पताल र आइसोलेशन कक्ष सञ्चालन गरेको थियो। अस्पतालले अक्सिजन सहितको सेवा प्रवाह गरेपछि टाढाटाढाबाट कोरोना संक्रमितहरु उपचार सेवा लिन आउने गरेका छन्।


बर्दिबास अस्पतालले पीसीआर सेवा पनि दिइरहेको छ। उपकरण तथा जनशक्ति अभावमा आज लिएको स्वाबको रिर्पोट दिन तीन दिन लाग्छ। उपकरण र जनशक्ति थप्न सरकारसँग पीसीआर ल्याबका इन्चाज मनोजकुमार रायले माग गरेका छन्।

बर्दिबास अस्पतालले बर्दिबास क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणका लागि गाउँस्तरसम्मै काम गरिएको छ। टोलटोलमा गएर स्वाब संकलन गर्ने, स्वास्थ्य पारामर्श प्रदान गर्ने काम गरिरहेको छ। बिरामीलाई लान र लैजान बर्दिबास अस्पतालले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको बर्दिबास नगरपालिकाको कोभिड-१९ फोकल पर्सन रामबाबु यादव बताउँछन्।

अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै गएपछि जनशक्ति र उपकरण अभावमा काम गर्न स्वास्थ्यकर्मीलाई कठिनाइ भएको छ। कोरोना संक्रमितको उपचारमा खटिएका एक्सरे  विभागका कर्मचारीले आराम गर्ने मौका पनि पाएका छैनन्। रेडियोलोजिष्ट दिपेश चौधरी भन्छन्,‘ज्यानको बाजी लगाएर काम गरिरहेका छौं। तर के गर्ने आराम गर्ने समय पाइदैंन, आफै बिरामी परिन्छ जस्तो छ।’
    
बर्दिबास नगरपालिकाका मेयर कार्कीले बर्दिबास अस्पतालमा कोभिड-१९ अस्पताल संचालन गर्न प्रदेश सरकारसँग माग गरेका छन्। डाक्टर र उपकरण उपलब्ध गराउन प्रदेश २ सरकारसँग उनले माग गरेका छन्।


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.