भक्तपुरका ५ हजार ३०७ जनाले लगाए भेरोसेल खोप

भक्तपुरका ५ हजार ३०७ जनाले लगाए भेरोसेल खोप

भक्तपुर : भक्तपुरका ६० देखि ६४ वर्ष उमेर समूहका ५ हजार ३०७ जनाले  कोरोना भाइरसविरुद्धको खोप लिएका छन् । मंगलबार र बुधबार दुईदिनसम्म चल्ने खोप कार्यक्रमको पहिलो दिन उक्त संख्याले भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार पहिलो दिन २ हजार ६९७ जना महिला र २ हजार ६१० जना पुरुष गरी ५ हजार ३०७ जनाले खोप लगाएका हुन् । कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका ४ नपामध्ये मध्यपुर थिमि नपाका एक हजार ८०४ जना, सूर्यविनायक नपाका एकहजार ५४६ जना, भक्तपुर नपाका एकहजार ७३ जना र चाँगुनारायणका ८८४ जनाले खोप लगाएको जानकारी दिए ।

दुईदिने खोप कार्यक्रममा भक्तपुरका ६० देखि ६४ वर्ष उमेरका १० हजार ५९५ जनालाई खोप दिने लक्ष्य रहेको उनले बताए । जसअनुसार बुधबार दोस्रो दिन ५ हजार २८८ जनालाई खोप दिइने उनको भनाइ छ ।

उनका अनुसार भक्तपुरमा मध्यपुर थिमि नपाका २ हजार ९१९ जना, भक्तपुर नपाका २ हजार ९०२ जना, सूर्यविनायक नपाका २ हजार ७४७ जना र चाँगुनारायण नपाका २ हजार २७ जना ६० देखि ६४ वर्ष उमेर समूहलाई खोप दिने लक्ष्य रहेको छ ।भक्तपुरमा ४ नपाका ३८ वटा वडामा खोप केन्द्र निर्धारण गरिएको छ ।

यसअघि भक्तपुरका १८ वर्षमाथिका ४८ हजार २२ जनाले चीन सरकारबाट सहयोगस्वरुप नै प्राप्त भेरोसेल खोपको पूरा मात्रा लिइसकेका छन् । जसमा भक्तपुर नपाले १६ हजार ११८, सूर्यविनायकले १२ हजार ४५०, मध्यपुर थिमिले ११ हजार ३१५ र चाँगुनारायण नपाले ८ हजार १३९ जनालाई भेरोसेल खोपको पूरा मात्रा दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख मिजारले भक्तपुरबाट कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका कर्मचारी गरी ५ हजार ५७५ जनाले कोभिशिल्ड खोपको पूरा मात्रा लगाइसकेका बताए ।तर कोभिशिल्ड खोपकै पहिलो मात्रा लिएका ७४ वर्ष माथिका ५ हजार ८२७ भक्तपुरवासीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.