भक्तपुरमा समाजसेवी-व्यवसायीको ‘सेवा परमो धर्म’ अभियान

भक्तपुरमा समाजसेवी-व्यवसायीको ‘सेवा परमो धर्म’ अभियान

भक्तपुर : कोरोना भाइरस संक्रमणको महामारीबीच भक्तपुरका समाजसेवी तथा उद्योगी व्यवसायीले सेवा परमो धर्म अभियान सञ्चालनमा ल्याएका छन्। 

भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिको पहलमा कोभिड १९ नियन्त्रण र व्यवस्थापनमा सघाउ पुर्‍याउन उक्त अभियान सञ्चालन गरिएको हो।

उक्त अभियानमा भक्तपुरका थप ९ वटा व्यवसायिक एवं पेसागत संघसंस्थाले सहकार्य गरेका छन्। अभियानमा भक्तपुर प्याब्सन, भक्तपुर डाक्टरस् सोसाइटी, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, नेपाल नर्सिङ संघ, सीबीआर भक्तपुर, भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र  त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकार्य गरेका हुन्।

अभियान सञ्चालन गर्न नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य रोशन भोयद्योको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ। सोही समितिले बुधबार भर्चुअल पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिएको छ।

संयोजक भोयद्योले अभियानअन्तर्गत भक्तपुरमा कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापनको पक्षमा विविध कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पारे।

उनका अनुसार अभियानअन्तर्गत नेपाल इन्जिनियरिङ कलेजमा चा“गुनारायण नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा निःशुल्क खाना तथा खाजाको व्यवस्था गरिएको छ। उक्त आइसोलेसनमा दिनको ४ पटक खाजा र खानाको व्यवस्था गरिएको संयोजक भोयद्योको भनाइ छ।

‘उक्त आइसोलेसनमा अक्सिजन सुविधासहित दिनको एकपटक स्वास्थ्य जा“च तथा परामर्श सेवा उपलब्ध गराइएको छ’, उनले भने, ‘संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुका लागि सीबीआर भक्तपुरको भवनमा क्वारेन्टाइन सञ्चालन गरिएको छ।’

भक्तपुर लायन्स सेवा समितिका अध्यक्ष विष्णुभक्त मारिखूले निषेधाज्ञाको कारण घरमै बसिरहेका सर्वसाधारणको लागि  कोभिड १९ बाट हुनसक्ने जोखिमबारे अनलाइनमार्फत सचेतना अभियानसमेत सञ्चालन गरिएको बताए। उक्त अभियानमा विशेषज्ञ चिकित्सकहरुले सर्वसाधारणसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

‘कोरोना भाइरस संक्रमण भएर होम आइसोलेसनमा बसिरहेका संक्रमितहरुलाई फोन सम्पर्कमार्फत निःशुल्क रुपमा विशेषज्ञ डाक्टरहरुमार्फत स्वास्थ्य परामर्श सेवासमेत उपलब्ध गराउ“दै आएका छौं’, अध्यक्ष मारिखूले थपे, ‘कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सावधानीसँगै निषोज्ञाको पालना गर्न आह्वान गर्दै नियमित रुपमा भक्तपुर जिल्लाभर माइकिङ गर्दै आएका छौं।’

अभियानअन्तर्गत भक्तपुर चेम्बरका उपाध्यक्ष कविदास श्रेष्ठको संयोजकत्वमा विपद् कोषसमेत खडा गरिएको छ। अभियानअन्तर्गत भक्तपुर लायन्स सेवा समन्वय समितिको तर्फबाट भक्तपुर नगरपालिकालाई अक्सिजन प्लान्ट निर्माणको लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको भक्तपुर चेम्बरका अध्यक्ष न्हुछे मानन्धरले जानकारी दिए।
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.