भक्तपुरमा ३ दिनदेखि कोरोना संक्रमितको मृत्यु शून्य

भक्तपुरमा ३ दिनदेखि कोरोना संक्रमितको मृत्यु शून्य

भक्तपुर : भक्तपुरमा गएको ३ दिनदेखि कोरोना भाइरस संक्रमणको कारण हुने मृत्यु स्थिर रहेको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँ जेठ २५ देखि २७ गतेसम्म कोरोना भाइरसको कारण कुनै पनि संक्रमितको ज्यान गएन ।

जेठ २४ गते भने ३ जना संक्रमित पुरुषको मृत्यु भएको थियो । त्यसदिनदेखि २७ गतेसम्म कुनै पनि संक्रमितको मृत्यु नभएको कार्यालय प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण २७६ जनाको मृत्यु भइसकेको छ । जसमा १७९ जना पुरुष र ९७ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिका ६३ जना पुरुष र २८ जना महिला गरी ९१ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।

भक्तपुर र सूर्यविनायक नपाका समान ७४ जना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ४४ पुरुष र ३० महिलाले ज्यान गुमाउँदा सूर्यविनायकका ४६ पुरुष र २८ महिलाको मृत्यु भएको छ । त्यस्तै चाँगुनारायण नपाका २६ जना पुरुष र ११ जना महिला गरी ३७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

८२ जना थपिँदा ८४ जना संक्रमित डिस्चार्ज

पछिल्लो समय भक्तपुरमा कोरोना भाइरस संक्रमणलाई जित्नेहरुको संख्या बढेको छ । केही हप्तासम्म करिब ८० प्रतिशतको हाराहारीमा रहेको डिस्चार्ज हुनेहरुको संख्या बुधबारसम्म १३ प्रतिशत बढेर ९३ प्रतिशत पुगेको छ ।

गएको २४ घन्टामा पनि नयाँ थपिने भन्दा डिस्चार्ज हुने संक्रमितहरु बढी थिए । ‘बिहीबार ८२ जनामा संक्रमण पुष्टि हुँदा ८४ जना भने डिस्चार्ज भए’, स्वास्थ्य कार्यालय प्रमुख मिजारले भने, ‘संक्रमणदर घट्दा डिस्चार्ज हुने दरमा निरन्तर वृद्धि भएको छ ।’
भक्तपुरमा हालसम्म २० हजार ९७४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ११ हजार ४७३ र महिला ९ हजार ५०१ जना रहेका छन् । यसमध्ये १० हजार ७१८ जना पुरुष र ८ हजार ८३६ जना महिला गरी १९ हजार ५५४ जना डिस्चार्ज भएका छन् ।

सक्रिय संक्रमित एक हजार १४४

भक्तपुरमा अझै ५७६ जना पुरुष र ५६८ जना महिला गरी एकहजार १४४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये सूर्यविनायक नपामा १९९ जना पुरुष र १८३ जना महिला गरी ३८२ जना रहेका छन् ।

मध्यपुर थिमि नपामा १६५ जना महिला र १४५ जना पुरुष गरी ३१० जना, भक्तपुर नपामा १०७ जना महिला र १०७ जना नै महिला गरी २१४ जना तथा चाँगुनारायण नपामा ९२ जना पुरुष र ७५ जना महिला गरी १६७ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ९२.८३ प्रतिशत अर्थात ५३२ जना पुरुष र ५३० जना महिला गरी एकहजार ६२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य प्रमुख मिजारले जानकारी दिए ।

उनका अनसार ७.१७ प्रतिशत अर्थात ४४ जना पुरुष र ३८ महिला गरी ८४ जना अस्पताल तथा नपाको आइसोलेसनमा रहेका छन् ।प्रमुख मिजारले भक्तपुर नपाका २५, मध्यपुर थिमि नपाका २४, सूर्यविनायक नपाका १९ र चाँगुनारायण नपाका १४ जना सक्रिय संक्रमित अस्पताल तथा नपाको आइसोलेसनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.