अवरुद्ध राजमार्ग एकतर्फी संचालनमा
स्याङजा : सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा सडकखण्डको भालुपहाडमा खसेको पहिरो हटाएपछि यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ। बिहानदेखि अवरुद्ध सडक मध्यान्हदेखि संचालनमा आएको छ।
फेदीखोला गाउँपालिकाको वडा न २ स्थित रहेको भालुपहाडमा माथिबाट खसेको ढुगांसहितको ठूलो पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। उनले भने, ‘एकतर्फी खुले पनि माथिबाट ढुंगा, माटो खस्ने क्रम भने कायमै छ।’
करिब ८/९ महिनादेखिको पहाड कटान र केही दिनदेखिका लगातार वर्षाका कारण पहिरो खसेको हो। राजमार्ग विस्तारका नाममा पहाडमा जथाभावी डोजर चलाएका कारण पहिरो गएको हो। '
पोखराबाट सडक विभागको डोजर ल्याएर पहिरो पन्छाएपछि सडक खुलाइएको प्रहरीले जनाएको छ। पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि यातायात सेवा मध्यान्हपछि एकतर्फी सुचारु भएको छ।
प्रतिक्रिया दिनुहोस !