सिरीजङ्घाले डाक्टर पढ्न छात्रवृत्ति दिने

सिरीजङ्घाले डाक्टर पढ्न छात्रवृत्ति दिने

ताप्लेजुङ : जिल्लाको सिरिजङ्घा गाउँपालिकाले प्रत्येक वर्ष एकजनालाई एमबीबीएस (डाक्टर) पढ्न छात्रवृत्ति दिने योजना ल्याएको छ । पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् ‘म स्वस्थ मेरो गाउँ स्वस्थ’ अभियान सञ्चालन गर्दै डाक्टर उत्पान गर्ने नीति लिएको हो । 

आमार्गी वर्षदेखि एमबीबीएस अध्ययनको प्रवेश परीक्षा उत्तिर्ण गाउँपालिकाभित्रका एक विद्यार्थीले वर्षिक १३ लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् । उक्त विद्यार्थीले अध्ययन सम्पन्न गरेपछि २ वर्ष पालिकामै रहेर काम गर्नुपर्ने छ । ‘पैसाको अभावमा कसैले पनि शिक्षा पाउनबाट वञ्चित हुन नपरोस् । गरिबका छोराछोरीले पनि डाक्टर बन्ने सपना देखुन् भनेर यो योजना ल्याएका हौं,’ बिहीबार नवौं गाउँसभामा बोल्दै गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले भने । 

उक्त छात्रवृत्ति आवासीय सुविधासहितको हुने प्रमुख प्रशासकीय अधिकृत सन्तोस घिमिरेले बताए । प्राथमिक स्वास्थ्य केन्द्र केल्लोकमा रिक्त रहेको डाक्टर पदमा पदपुर्तिका लागि गत वर्ष ४ पटक आवेदन खुलाउँदा पनि डाक्टर आउन मानेका थिएनन् । 

त्यसपछि पालिकाले आफै डाक्टर उत्पादन गर्ने नीति लिएको घिमिरेको भनाइ छ । उनले भने, ‘क्षमता भएको तर पैसा नभएका विद्यार्थीले पढ्न पाउने भए, उनीहरुले गाउँमै आएर सेवा गरेपछि स्थानीयलाई पनि रहत हुन्छ ।’

यस्तै उक्त गाउँपालिकाले दलित महिला तथा अपाङता भएका विद्यार्थी लक्षित गरि स्नातक अध्यनका लागि उपाध्यक्ष छात्रवृत्ति कार्यक्रम समावेश गरेको छ । जस अन्तर्गत् दलित महिला तथा अपाङता भएका विद्यार्थीले पालिकामा रहेको सिनाम बहुमुखी क्याम्पसमा बीबीएस र बीएड निःशुल्क अध्ययन गर्न पाउनेछन् । 

‘निशुल्क शिक्षा, सबैको इच्छा’ नारा लिएको पालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि गाउँपालिकामा कक्षा–१२ सम्मको पठनपाठन निःशुल्क गरेको थियो । नेपालभरका जोकोहि विद्यार्थीले पनि सिरीजङ्घाका विद्यालयमा कक्षा १२ सम्म निःशुल्क पढ्न पाउनेछन् । 

गाउँपालिकाले यहाँका ८ वटै वडाका १–१ जना विद्यार्थीलाई कृषि र पशु विज्ञान पढ्नका लागि गत वर्षदेखि नै छात्रवृत्ति दिन थालेको छ । जस अन्तर्गत अहिले १६ जनाले निःशुल्क कृषि र पशु विज्ञान पढिरहेका छन् । उक्त कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको छ । 

कक्षा–१० मा अध्यनरत विद्यार्थीलाई २ महिना निःशुल्क कोचिङ कक्षा, प्रत्येक वडामा होस्टेल सुविधासहितको माध्यमिक विद्यालय सञ्चालन गर्ने, विद्यालयको स्तरोन्नती गरेर एक वडा, एक माविको अवधारण समेत अघि सारेको छ । 

कञ्चनजंघा हिमालको काखमा रहेको गाउँपालिकाले विहिबार ५० करोड ५७ लाख रुपैयाँको आगामी वर्षको बजेट ल्याएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.