सुनापतिमा स्वास्थ्य सुविधा विस्तारको पहल

सुनापतिमा स्वास्थ्य सुविधा विस्तारको पहल

काठमाडौं : कोरोना सङ्क्रमण रोकथाममा रामेछापको सुनापति गाउँपालिका—४ स्थित सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टरको पहलमा गाउँपालिकालाई अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ। दोस्रो चरणको कोरोना सङक्रमणसँगै सेन्टरका अध्यक्ष एवम् धर्मगुरु विमानसिंह तामाङको अग्रसरतामा कोरियाका संस्थाको सहयोगमा २३ लाख ७६ हजारको सामग्री दिइएको हो। 

दश अक्सिजन कन्सनट्रेटर, दश ४० लिटर र २० थान दश लिटरको अक्सिजन सिलिण्डर गाउँपालिकामा सञ्चालित अस्पताललाई गाउँपालिका अध्यक्ष धावा लामा र प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठलाई हालै उपलब्ध गराइएको सेन्टरका सचिव कमानसिंह तामाङले बताए। 

स्वास्थ्य सामग्री खरिदमा दक्षिण कोरियाको टुगेदर वीथ द वर्ल्ड, ह्याप्पी अल बीइङ र जुन्तो भिलेज हस्पिटलले सहयोग गरेका हुन्।  विगतदेखिनै सहयोग दिँदै आएका जुन्तो भिलेज हस्पिटलले  दश ४० लिटरको र २० वटा दश लिटरको अक्सिजन सिलिण्डर तथा ६ वटा अक्सिजन कन्सनट्रेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।  ह्याप्पी अल बीइङले चार अक्सिजन कन्सनट्रेटरसहितका औषधि र स्वास्थ्य सामग्री तथा  टुगेदर वीथ द वल्र्डले अक्सिमिटर, स्यानिटाइजर, मास्कसहितका सामग्री दिएको छ। धर्मगुरु घेसे लोप्साङ दावाले एक लाख ३१ हजार सहयोग गरे। 

वडा नम्बरका चारका एकहजार चार सय घरधुरीमा स्यानिटाइजर र मास्क वितरण गरिएको छ। पहिलो चरणमा खाना र जनचेतना तथा अहिले अक्सिजनको अभाव भएकोले सोही अनुरुपको सामग्री जुटाइको हो। पहिलो चरणको कोरोना कहरमा सेन्टरसहित आफ्नो पहलमा गाउँपालिकका पाँचै वडामा करिब एक करोड १६ लाखको चामलसहितका सामग्री वितरण गरिएको विमानसिंहले बताए। त्यसमा ह्याप्पी अल बीइङ र जुन्तो भिलेज हस्पिटलले विशेष सहयोग गरेका थिए। 

धर्मगुरुले आफ्नै सक्रियतामा च्यारिटी मेडिकल सेन्टर खोलेर सेवा दिँदै आएको उक्त कार्यमा सङ्लग्न अमर लामाले बताए। गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिने गरी कोरोना रोकथाम र उपचारमा काम गरिएको उनले सुनाए। भारत बैग्लौरको सेराजे मोनस्टीक विश्वविद्यालयबाट दुई दशक बुद्ध धर्मसम्बन्धी अध्ययनपछि विमानसिंह प्रवचन र समाजसेवामा जुटे। ‘गाउँमा राम्रो उपचार नपाउँदा आमा बित्नुभो, अब अरुलाई बचाउँछु भन्ने त्यसैबेलाको अठोटले सहयोग जुटाएर आठ वर्षदेखि गाउँमै स्वास्थ्य केन्द्र शुरु गरयौ’, विमानसिंहले पुराना दिन सम्झिए। 

गरिवलाई निःशुल्क, कतिपयलाई पचास प्रतिशत छुट र हुनेलाई शुल्क लिएर सेन्टरले औषधोपचार सेवा दिएको छ। नर्स अस्मिता थिङ उपचारका अलावा सहयोग व्यवस्थापनमा जुट्छन्। एम्बुलेन्ससेवासहित एक हेल्थ असिसटेन्ट र नर्स कार्यरत सेन्टरमा चिकित्सक राख्ने लक्ष्य छ। ‘बिरामीको सहयोगमा जुट्दा सन्तुष्टि मिल्छ, कुनै दिन सेन्टरबाट हुने स्वास्थ्य सेवा पुरै निःशुल्क गर्ने अठोट छ’, विमानसिंह भन्छन्।  स्थानीय डहु मावि, कुशेश्वर मावि र कृष्णपुरी माविका विद्यार्थीसहित गाउँघरमा स्वास्थ्य शिविर र उपचारमा सेन्टरको सहयोग छ।  

विगतमा एक्स रे प्रयोगशाला चलाएपनि त्यो पुरानो भयो। अहिले दक्षिण कोरियाको टुगेदर वीथ द वल्र्डले पहिलोचोटी सेन्टरलाई एकएक एक्सरे र अल्ट्रासाउण्ड मेसिन, अक्सिमिटर, मास्कजस्ता सामग्री दिएको छ।

जुन्तो भिलेज हस्पिटलले पाँच वटा शय्या र ह्याप्पी अल बीइङले चार अक्सिजन कन्सनट्रेटरसहितका औषधि र स्वास्थ्य सामग्री सेन्टरलाई दिएको छ। गोर्खा भूकम्पका बेला गाउँमा मुहान फुटेर पानी अभाव भयो। विमानसिंहले आफै गाडी चलाएर सुनापति ४ जुगेनीमा ५५ र वेथान सिरमटोलका ८६ घरधुरीमा पानी  वितरणमा सहयोग गर्नुभएको अमर लामाले बताए। ‘बिरामीलाई काठमाडौँ लाँदा आफैँले चलाएको एम्बुलेन्स पल्टियो, थला पर्नुभयो तर उहाँ थाक्नुभएको छैन, गाउँमै स्वास्थ्य सेवा सहज गर्ने उहाँको धोको छ’, लामाले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.