युरोकप फुटबल : हारेर पनि नकआउट चरणमा वेल्स

युरोकप फुटबल : हारेर पनि नकआउट चरणमा वेल्स

रोम : वेल्स युरोकप फुटबलको अन्तिम खेलमा पराजित भए पनि नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। आइतबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी इटालीसँग १–० गोलले पराजित भएको वेल्स उपविजेता बन्दै समूह ‘ए’बाट प्रिक्वार्टरफाइनलमा पुगेको हो। इटालीले भने अपराजित रहँदै समूह विजेताका रूपमा  युरोकपको अन्तिम १६ स्थान बनायो।

इटालीको घरेलु मैदान रोममा आइतबार राति भएको खेलमा वेल्स इटालीसँग १–० गोलले पराजित भएको थियो। ओलम्पिक स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटिओ पेसिनाले निर्णायक गोल गरेका थिए। उनले खेलको ३९ औं मिनेटमा निर्णायक गोल गरेका थिए। उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका थिए। 
खेलको ५६औं मिनेटमा इथान अमपाडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। इटालीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई सीधै रातो कार्ड देखाएका थिए। इटालीविरुद्ध वेल्सले पनि केही अवसर बनाएको थियो। तर, त्यसलाई गोलमा परिणत गर्न भने सकेन। 

वेल्सलाई पराजित गरेसँगै समूह ‘ए’ मा रहेको इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ। इटालीले तीन खेलबाट नौ अंक जोडेको छ। इटाली समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो। यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोलले नै पराजित गरेको थियो।
समूह चरणमा पहिलो हार बेहोरेको वेल्सले तीन खेलमा चार अंक जोड्दै समूहको दोस्रो स्थानमा रह्यो। समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोलले पराजित गरेको थियो। 

यसैगरी आइतबार राति नै भएको खेलमा स्विट्जरल्यान्डले प्रभावशाली जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो। स्विट्जरल्यान्डलाई जित दिलाउन जेरदान शाकिरीले दुई गोल गरेका थिए। यस्तै हरिस सेफेरोभीले एक गोलको योगदान दिएका थिए। टर्कीका इरफान केभाचीले एक गोल फर्काएका थिए।

खेलको छैटौं मिनेटमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। स्टेभेन जुबेरको पासमा उनले आकर्षक गोल गरेका थिए। २६औं मिनेटमा शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई २–० गोलको अग्रता दिलाएका थिए। उनले जुबेरकै पासमा डीबक्स क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। खेलको ६२ औं मिनेटमा इरफानले गोल गर्दै टर्कीलाई २–१ को स्थितिमा ल्याएका थिए। उनले हकान कालहानोग्लुको पासमा गोल गरेका थिए। त्यसपछि खेलको ६८ औं मिनेटमा जुबेरको पासमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–१ को जित दिलाए।

समूह चरणको अन्तिम खेलमा जित निकाले पनि स्विट्जरल्यान्ड सीधै नकआउट चरणमा प्रवेश गर्न असफल भयो। समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने स्विट्जरल्यान्डको सम्भावना भने कायमै छ। जसको लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ।

समूह ‘ए’मा रहेको स्विट्जरल्यान्डले तीन खेलबाट चार अंक जोडेको छ। वेल्ससँग गोल अन्तरमा पछि पर्दा स्विट्जरल्यान्ड सीधै अन्तिम १६ मा पुग्न असफल भएको हो। समूह चरणको पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो।

टर्की भने अंकविहीन बन्दै समूह चरणबाट बाहिरिएको छ। समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेन। पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.