मेरिङ्देन गाउँपालिकाको नमुना योजना: कोरोना नियन्त्रणमा २५ लाख, मयूर संरक्षणमा हेरालु

मेरिङ्देन गाउँपालिकाको नमुना योजना: कोरोना नियन्त्रणमा २५ लाख, मयूर संरक्षणमा हेरालु

ताप्लेजुङ: ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले कोरोना यिन्त्रणका लागि २५ लाख रुपैयाँको कोष स्थापना गर्ने भएको छ ।

बुधबार सार्वजनिक आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम मार्फत् कोष खडा गर्ने योजना ल्याएको हो । कोरोना प्रभावित स्वास्थ्यकर्मीका लागि १० लाख रुपैयाँको जीवन बिमा गरिदिने, पटक–पटक संक्रमित भए २० हजार रुपैयाँ स्वास्थ्य लाभ खर्च प्रदान गर्ने, फ्रनटलाइनमा खटिने कर्मचारीलाई शतप्रतिशत र अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसवाहेक पाठेघर खसेका महिलाहरुको निःशुल्क उपचार र शाल्यक्रिया समेत गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले आगामी आर्थिक वर्षका लागि ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । चालुतर्फ २७ करोड ५८ लाख ३३ हजार र पुँजिगततर्फ १३ करोड ५८ लाख १६ हजार रुपैयाँ छ ।  

मयूर संरक्षण गर्न हेरालु

गाउँपालिकाले ३ नं वडाको तल्लो क्षेत्रलाई ‘सुर्मा–देवलडाँडा–कागोने मयूर संरक्षण क्षेत्र’ घोषणा गरेको छ । सुन्दर पंक्षी मयूरको संरक्षण र संवर्द्धनलाई सामाजिक साँस्कृतिक आख्यानसँग जोड्ने, प्रचारप्रसार गरेर जैविक पर्यटन प्रवर्द्धन गर्ने योजना नीति तथा कार्यक्रममा छ ।

मयूरको आहार व्यवस्थापन र रेखदेख गर्न मयुर हेरालुको समेत व्यवस्था गरिएको छ । त्यस्तै १० लाख वा सोभन्दा माथिका सम्पुर्ण पूर्वाधार निर्माणका योजनाहरु इबिड बोलपत्र र ५ लाख माथीका योजनाहरु दरभाउपत्र मार्फत् मात्रै सञ्चालन गर्ने नीति लिएको छ ।

गाउँपालिकाको केन्द्रसम्म पक्की सडक पुर्‍याउन पहल गर्ने, वडा नं १,४,५,६ मा आगामी वर्षभित्रै केन्दीय प्रशारण लाइन पुर्‍याइने छ । साथै गाउँपालिकास्तरीय सडकहरुको नापी कार्यालयसँगको सहकार्यमा लगत कट्टाको व्यवस्था मिलाउने उल्लेख छ ।

गर्भवति तथा हजार दिने महिलाहरुलाई न्युनतम पोषण भत्ता प्रदान गर्ने लगायत कार्यक्रम सञ्चालन गरी घरमा शून्य सुत्केरी अभियानलाई व्यापक बनाउने, कुपोषणबाट अति प्रभावित बालबालिकाको स्वास्थ्यमा ध्यान दिइने, आधारभूत विद्यालय स्वास्थ्य पोषण कार्यक्रम पनि सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै पाठेघर खसेका तथा भिया रिएक्टिभ महिलाहरुको निःशुल्क उपचार तथा शाल्यक्रिया गर्ने योजना ल्याएको छ । विद्यालय भर्नादर शतप्रतिशत पुर्याउन विषेश शैक्षित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, परीक्षालाई मर्यादित बनाउन फरक विद्यालयको शिक्षकलाई केन्द्राध्यक्ष तोकेर गाउँपालिकास्तरिय परीक्षा सञ्चालन गर्ने निजी शिक्षक नियुक्ति बन्द गर्ने योजना गाउँपालिकको रहेको छ ।

स्थानीय मात्रिभाषाको पठनपाठनलाई निरन्तरता, हाइड्रो इञ्जिनियरिङ अध्ययनको लागि एक छात्र र एक छात्रालाई छात्रवृत्तिको व्यवस्था समेत गरेको छ । अलैचि र बङ्गुर पकेट, निशुल्क बिउविजन वितरण कार्यक्रम, कृषि संकलन केन्द्र निर्माण, पशुहरुको नश्ल सुधार, गोठ सुधार जस्ता कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले नीति लिएको छ ।

खाम्लुङ स्वास्थ्य चौकीमा ५ शैय्याको अस्पताल निर्माण सुरु गर्ने, उपाध्यक्ष जस्तापाता कार्यक्रम सञ्चालन गर्ने, जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको गाउँपालिका प्रमुख गणेश चोङ्वाङले बताए ।

जनप्रतिनिधिका ५ वर्ष नामक स्मारिका प्रशासन, गत फागुन १८ गते भएको आगलागिबाट क्षति पुगेको वडा नं ३ स्थित दोभान बजारलाई नयाँ नमुना दोभान बजार क्षेत्र घोषणा गर्ने समेत नीति लिइएको छ । गाउँसभाका सदस्यहरुले नीति तथा कार्यक्रममा उठाएका प्रश्नको गाउँपालिका प्रमुख गणेश बहादुर चोङवाङले जवाफ दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.