कोरियाबाट फर्केर बाख्रापालन

कोरियाबाट फर्केर बाख्रापालन

स्याङ्जा : कोरियाबाट फर्केका धु्रव भण्डारीले आफ्नै जन्मथलो गल्याङ नगरपालिका—१ मालुंगा फाँटमा बाख्रा पालेका छन्। झन्डै १२ वर्षअघि कोरिया हानिएका उनी आठ वर्ष उतै बिताए। आम्दानी पनि रामै्र थियो। नेपाल फर्केपछि राजधानीमा घर बनाए। व्यवसाय पनि गरे। तर, उनलाई राजधानीमा बस्ने मन भएन। अन्ततः जन्मघर फर्केर बोयर बाख्रापालन सुरु गरे।

कोरियाको एक पानीजहाज कम्पनीमा काम गरेको स्मरण गर्दै उनी भन्छन्, ‘त्यता जति यहाँ गर्ने हो भने नेपाल पनि कोरियाजस्तै बन्न धेरै समय लाग्दैन।’ बाख्रा र हरियाली पाखा पखेरामै सन्तुष्ट मिलेको उनी भन्छन्। 
करिब तीन वर्षअघि अस्ट्रेलियाबाट तीन वटा बोयर बाख्रा ल्याएर व्यवसाय सुरु गरेका उनको फर्ममा अहिले ७० वटा बाख्रा पुगेका छन्। प्रतिबोका २ लाख ५० हजार रुपैयाँमा अस्ट्रेलियाबाट खरिद गरेकोे उनले सुनाए। त्यसपछि चितवनबाट पनि २ वटा बोयर बोका ल्याए। ‘प्रतिबोका २ लाख ७० हजारमा किनेर ल्याएका ती बाख्रा पाँच दिनभित्रै दुइवटै मरे। तर, हरेश खाइनँ’, उनी भन्छन् ‘फेरि चितवनबाटै दुईवटै बाख्रा ल्याए।’ 

बाख्रासहित भौतिक पूर्वाधारलगायत करिब ३५ लाख लगानी गरेको उनले बताए। अहिलेसम्म उनले ५ वटा बोयर बाख्रा बेचेका छन्। ‘एक सय वटा पुगेपछि बल्ल बिक्रीतर्फ सोच्नेछु’ उनले भने। हाल उनीसँग लाखौं मूल्यबराबरका बाख्रा छन्। 

बाख्रा २ वर्षमा ३ पटक ब्याउने गर्छन्। झन्डै एक सय ५० दिनको वरपरमा ब्याउँछन्। पहिलो बेतमा प्रायजसोले एउटा पाठापाठी जन्माउँछन् तर केहीले २ वटा पनि जन्माउँछन्। दोस्रो बेतपछि भने २/२ वटा ब्याउने गर्छन्। चार/पाँच महिना पुगेका बोयर पाठापाठी २ लाखमा बिक्री भएको उनले जानकारी दिए। एक वर्ष पुगेका पाठीहरू गर्भाधानका लागि तयार हुन्छन्।‘मालुंगा नमुना बोयर फर्म’ दर्ता गरी सुविधा सम्पन्न खोर बनाएर बाख्रा पालिएका छन्। बाख्राका लागि आवश्यक पर्ने दाना, पानी, घाँस मिलाएर दिएपछि खासै समस्या देख्दैनन् उनी। उनले २१ रोपनी जग्गामा आधुनिक घाँस र ३० रोपनी जग्गामा परम्परागत घाँस लगाएका छन्। फर्ममा परिवारका ३ जना र बाहिरका २ जनाले बाख्राको रेखदेख गर्छन््। 
भण्डारीको कर्म देखेर गल्याङ नगरपालिकाले फार्म सुधार, प्राविधिक एवं घाँस सहयोग गर्दै आएको पशु सेवा शाखा प्रमुख सुशील अर्याल बताउँछन्। हेर्दा पनि निकै लोभ र रहर लाग्दोगरी बाख्रा पालिएका छन्। यो फर्मलाई स्रोत केन्द्रका रूपमा विस्तार गर्नेगरी नगरपालिकाले छलफल सुरु गरेको अर्यालको भनाइ छ। 

विदेशमा गरेको परिश्रमले नेपालमै केही गरौं भन्ने भावना जगाएको छ। अबको पुस्ता यही बस्नुपर्छ। विदेशमा गर्ने जति मेहनत यहाँ गरे राम्रो आम्दानी गर्न सकिन्छ। व्यवसायको आम्दानीबारे उनले भने ‘अहिलेसम्म लगानी गरेको छु। अब आम्दानी लिने समय बल्ल आएको छ। त्यो राम्रो हुने देखेको छु।’ अहिले उनीसँगै ५७ वटा बोयरका क्रसबाख्रा र ९ वटा शुद्ध बोयर बोका छन्। गल्याङकै नमुना फर्म भएको पशु शाखा कार्यालयले जनाएको छ। सो फर्मलाई बोयर प्रजनन केन्द्र बनाउने गरी सहयोगको तयारी भइरहेको नगरप्रमुख भूपराज अधिकारीले जानकारी दिए। 

गल्याङलाई कृषिका माध्यमबाट अगाडि बढाउन यस्ता खालका कृषिजन्य आयोजनाहरू विस्तार एवं संरक्षणमा पालिकाको साथ हुने नगर प्रमुख अधिकारीको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.