पुनरनिर्माणका प्राविधिक ३० हजार घुससहित पक्राउ
ओखलढुंगाः सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनः निर्माण प्राधिकरणले खटाएका प्राविधिक सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सव इञ्जिनियर राजन पासवान ३० हजार घुससहित पक्राउ परेका हुन् ।
उनलाई असार मसान्तमा पुनःनिर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी गोविन्दराज काफ्लेले जानकारी दिए ।
सिद्धिचरण नगरपालिका वडा नं. १ मा कार्यरत पासवानले निसंखेका सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको काफ्लले बताए ।