नेपाल अमेरिका एकता समाजमा नयाँ कार्यसमिति

नेपाल अमेरिका एकता समाजमा नयाँ कार्यसमिति
सुन्नुहोस्

क्यालिफोर्निया : क्यालिफोर्नियाको लस एन्जल्समा सक्रिय नेपाल अमेरिका एकता समाजमा नयाँ कार्यसमिति गठन भएको छ। समाजको आइतबार सम्पन्न साधारणसभा तथा अधिवेशनबाट अर्जुन पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो। 

गठित समितिको उपाध्यक्षमा राजेश निरौला, उपाध्यक्षमा रमेश श्रेष्ठ, महासचिवमा अजित बाबु घिमिरे, सचिवमा डा।दिलासा न्यौपाने र कोषाध्यक्षमा अमित महतो रहेका छन्। त्यस्तै, सदस्यहरूमा उत्तम थापा, महेन्द्र मगर, भूमिराज कंडेल, हरिश पौडेल र लोकराज पडाल रहेका छन्। 

कार्यसमितिको गठनअघि समाजका अध्यक्ष रोशन अधिकारीको अध्यक्षता र नेपाल सरकारका महावाणिज्यदूत ऋषि पुनाखर ढकालको आतिथ्यतामा साधारणसभाको उद्‍घाटन सत्र सम्पन्न भएको थियो।

सचिव शम्भु शिवाकोटीले सहजीकरण गरेको कार्यक्रममा समाजसेवी बेद भक्त जोशी, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समिति अमेरिकाज क्षेत्र महिला संयोजक तथा निर्वाचन समिति संयोजक इन्दिरा त्रिपाठी, एनआरएनए अमेरिकाका उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ, श्री पशुपतिनाथ फाउण्डेशन लसएन्जल्सका अध्यक्ष बिमल श्रेष्ठ, पूर्व अध्यक्ष भक्त थापा, बोर्ड अफ ट्रष्टी अध्यक्ष एकराज पाण्डे, विधान समिति संयोजक राजेन्द्र शिवाकोटी, एनडब्लुजिएन, लसएन्जल्स अध्यक्ष सपना सेढाई, नेपाल अमेरिका पत्रकार संघका कार्यसमिति सदस्य हेमराज बराललगायतले धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.