खोलाले बाँध कटान गर्दा रातभर सुत्दैनन् स्थानीय

खोलाले बाँध कटान गर्दा रातभर सुत्दैनन् स्थानीय

मलंगवा : सर्लाहीको विभिन्न स्थानमा लखनदेही खोलाले बाँध कटान गर्न थालेपछि खोला आसपासका बासिन्दाहरु त्रसित बनेका छन् । तीन दिनदेखि खोलाले बाँध काट्न गर्न थालेपछि चक्रघट्टा गाउँपालिका वडा नं. १ शिवनगरका स्थानीयबासीहरु त्रसित बनेका छन् । त्यसैगरी कौडेना गाउँपालिकाको सक्रौल र शिवनगरमा पनि खोलाले कटान शुरु गरेको छ । मलंगवा नगरपालिकाको खुटौना छेउमा सबभन्दा बढी कटान गरेको छ । 

पानीको बहाब अहिले कम भएकोले कटान विस्तार भइरहेको छ । समयमा नै बाँधको मर्मत सम्भार गरिएन भने जोखिम बढ्ने सम्भावना रहेको सुरक्षा निकायले जनाएको छ । स्थानीयबासीले बाँध छेउमा रहेको आ-आफ्नो जमिनको रुख बाढीले बगाउँछ भनेर काट्न थालेपछि झन बाँध कमजोर हुन थालेको छ।

गाउँ भन्दा उत्तरपट्टी खोलाले कटान गर्न थालेको चक्रघट्टा १ शिवनगरका रजनिश कुमार रायले बताए । आठ वर्ष अगाढी बनाइएको बाँध खोलाले कटान गर्न थालेको छ । कटान भइरहेको स्थानमा गत वर्ष जनताको तटबन्ध हरिपुरले बाँसको पिलिङ्ग लगाइएको थियो । स्थानीयबासीले पिलिङ्ग उखेलेर लग्दा कटान हुन थालेको रायले बताए । ‘बाँसको पिलिङ्ग रहेको स्थानमा कटान भइरहेको छैन्’, रायले भने, ‘स्थानीयबासीले बाँस चोरेर लाँदा समस्या भएको हो ।’ आधाभन्दा बढी बाँध कटान भइसकेको छ ।

कटानलाई अहिले नै रोकेन भने भोलीका दिनमा बस्तीले बगाउने खतरा रहेको रायले बताए । करिब ५० मिटरमा कटान भइरहेको छ । कटान भइरहेकै स्थानमा आफ्नो दुई बिगहाको पोखरी छ । बाँध फुट्यो भने पोखरी बगरमा परिणत हुन्छ । सयौं बिगहा जमिन बगरमा परिणत हुन्छ । मानवीय क्षति हुने पनि खतरा बढ्दो छ । 

बाँध भत्कियो भने चक्रघट्टा गाउँपालिकाको शिवनगर, पडरिया, चक्रघट्टा बजार र सुन्दरपुरमा बढी क्षति हुने वडाध्यक्ष रामनाथ भारतीले बताएका छन् । कविलासी गाउँपालिकाको बीरनगरा र मदनपुरमा बाढीले क्षति पुर्‍याउँछ । सबभन्दा बढी जोखिम शिवनगरलाई छ । पुरै बस्ती नै खोला किनारमा छ ।  स्थानीयबासी त्रासमा छन् । रातिको समयमा कोही पनि राम्ररी सुत्न सकेको छैन् । कुन बेला बाढीले बाँध भत्काएर गाउँ बगाउँछ ठेगान छैन् । वडाको बजेटले मर्मत गर्न सम्भव छैन् । सहयोगका सम्बन्धित ठाउँमा गुहार लगाएको वडाध्यक्ष भारतीले बताएका छन् ।

बाँध कटानको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले मर्मत सम्भारका लागि आवश्यक समन्वय गर्न लागि सकेका छन् । प्रजिअ महतोले चक्रघट्टादेखि भारतीय सीमा नजिक पर्ने भाडसर सम्मको निरीक्षण समेत गरेका छन् । बाँध कटान रोक्नका लागि जलस्रोत तथा सिचाई विभाग, जनताको तटबन्ध, स्थानिय प्रमुख तथा सुरक्षाकर्मीसंगको समन्वय भइरहेको प्रजिअ महतोले बताएका छन् । 

विभागले केन्द्रबाट चाडैं सहयोग गर्ने जनाएको प्रजिअले बताए । जनताको तटबन्धले मर्मत सम्भारका लागि आवश्यक समाग्री उपलब्ध गराउने जनाएको छ । पालिका प्रमुखहरुले पनि मर्मत सम्भारका लागि आवश्यक पर्ने उपकरण र मजदुरी खर्च तिर्ने जनाएको प्रजिअले महताले बताए । सुरक्षाकर्मीले पनि मानविय सहयोग गर्ने प्रजिअले बताए । बाँध छेउमा रहेको रुख बिरुवाहरु नकाट्नका लागि पनि प्रजिअ महतोले निर्देशन दिएका छन् । कसैले रुख बिरुवा काट्छ भने त्सस्ता व्यक्तिलाई कारबाही गरिने प्रजिअ महतोले बताए । 

पुरानो बाँध कमजोर भएकाले मर्मत सम्भारका लागि गत वर्षदेखि नै पहल गरेको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले बताएका छन् । केन्द्र र प्रदेशबाट सहयोग नहुदाँ तारजाली लगाउन नसकेको अध्यक्ष रायको आरोप रहेको छ । ‘पालिकाबाट एक करोड बजेट छुट्याएको थियौं’, रायले भने, ‘जनताको तटबन्धले बजेट नहाले पछि काम हुन सकेन् ।’ जेसिबी लगाएर खोलाको बहाब परिवर्तन गरी मर्मतको काम गर्नुपर्छ । तत्काल बाँसको पिलिङ्ग गरी बोरा हालेर मर्मत गर्नुपर्छ । पानीको बहाब कम भएपछि तारजाली लगाएर बाँधलाई मजबुत बनाउनु पर्ने आवश्यक्ता रहेको अध्यक्ष यादवले बताए । गाउँपालिकाबाट जेजति सहयोग गर्नुपर्छ त्यो गर्नका लागि आफु तयार रहेको अध्यक्ष यादवले बताए । 

बाँध मर्मत गर्नका लागि आफुसंग आपत कालिन बजेट नभएको जनताको तटबन्ध हरिपुरका कार्यालय प्रमुख रविन्द्र शर्माले बताए । हामीले अहिले प्राबिधिक, बोरा र जियो ब्याग सहयोग गर्न सक्छौं । ज्याला मजदुरी र अन्य समाग्री स्थानिय तहले दिनु पर्छ ।
 
निरीक्षण गर्न पुगेका जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले जति सक्दो चाडों बाँधको मर्मत सम्भार गरिनु पर्ने बताएका छन् । समयमै कटान रोकिएन भने आधा दर्जन गाउँमा क्षति हुने चौधरीले बताए । सबभन्दा बढी कटान चक्रघट्टाको शिवनगर र मलंगवा नगरपालिकाको खुटौनामा भइरहेको छ । 

पानी पर्ने सम्भावना अहिले पनि उतिकै छ । जोडले बाढी आयो पनि अहिले बाँकी रहेको बाँध एक घण्टा पनि टिक्न सक्दैन् । साउन र भदौमा झन ठूलो पानी पर्छ । अहिले पानी पर्ने समय हो । समयमै मर्मत गरिएन भने जुनसुकै बेला पनि खतरा हुन सक्छ । अरु खोलाभन्दा लखनदेहीमा पानीको बहाब तेज हुन्छ । ठूलो बाढी आयो भने नियन्त्रण गर्न समस्या हुन्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.