आधुनिक कृषियन्त्र पाउँदा शंकरपुरका किसान दंग

आधुनिक कृषियन्त्र पाउँदा शंकरपुरका किसान दंग

मलंगवा : मकै खेतीका लागि पकेट क्षेत्र मानिएका बागमती- १० शंकरपुरका किसानले खेती गर्नका लागि आधुनिक कृषि यन्त्र पाउँदा हर्षित भएका छन्। चर्को मूल्य तिरेर हलो गोरु र ट्याक्टरका भरमा खेती गर्दै आएका किसानले कृषि यन्त्र पाएपछि खेती गर्न सजिलो हुने भन्दै खुसी भएका छन्। 

कृषि कार्यमा लागत कम लाग्ने, उत्पादित वस्तुको सुरक्षित भण्डारण हुने र कृषि पेशा मर्यादित एंव व्यवसायिक हुने भएपछि किसान खुसी बनेको स्थानियबासीहरुले जनाएका छन्। स्थानिय साना किसान कृषि सहकारी संस्थाले किसानलाई खेतपाती गर्नमा सहयोग पुगोस् भनेर कष्टम ह्यारिङ्ग सेन्टरको स्थापना गरेपछि आफुहरुलाई सहज भएको शंकरपुरका किसान महेन्द्र महतोले बताएका छन्।

सहकारीले सेन्टरमा आधुनिक कृषि यन्त्रहरु ल्याएको छ। अब किसानहरुलाई मंहगोमा मजदुर खोज्नु पर्दैन। किसानले ट्याक्टरलाई तिर्दै आएको चर्को पैसाको पनि बचत हुने भएको छ। धान खेतीमा एक कट्ठा रोपाईंका लागि ४ सय तिर्नुपर्छ। मकैमा मात्रै प्रति कट्ठा ५ सय मजदुरी दिनुपर्छ। धान र मकै खेत्न जोत्नका लागि प्रति घण्टा १४ सयको दरले ट्याक्टर साहुलाई पैसा तिर्नुपर्छ। सहकारीले चलन चल्तीको रेटभन्दा २० प्रतिशत कम मूल्य निर्धारण गरेको छ। 

‘हाल धान रोप्न प्रति बिगहा खाना र खाजासहित करिब १० हजार खर्च हुन्छ। मलको छुट्टै खर्च लाग्छ’, स्थानिय राजेन्द्र महतोले भने, ‘धान रोप्ने मेशिन आएपछि अब ६ हजारमा काम हुन्छ।’ धान कटाई र दाउनी गर्दा प्रति बिगहा १२ हजार खर्च हुन्छ। सहकारीले ल्याएको कम्बाइन्डबाट ८ हजारमै दाउनी हुने भएपछि किसान दंग छन्। मकै काट्न, ढुवानी गर्न र दाउनी गर्न प्रति बिगहा २५ हजार पर्छ। आधुनिक यन्त्र आएपछि १० देखि १२ हजार मात्रै लागत लाग्ने भएको छ।

किसानको खेतीपातीमा सहुलियत होस् भन्ने उदेश्यले प्रदेश २ सरकर कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाबाट ५० प्रतिशत अनुदानमा १७ ओटा आधुनिक कृषि यन्त्र ल्याएको सहकारकी अध्यक्ष कमल कुमारी पोख्रेलले जानकारी दिइन्। २ करोड ७० लाख २२ हजार ९ सय ८४ रुपैया ७४ पैसाको लागतमा यन्त्र खरिद गरि कष्टम ह्यारिङ्ग सेन्टर स्थापना गरेको अध्यक्ष पोख्रेलले बताइन्।  जसमा निर्देशनालयले १ करोड ४० लाख २३ हजार ३ सय २५ रुपैया ६९ पैसा अनुदान दिएको छ। संस्थाले बाँकी रकम १ करोड २९ लाख ९९ हजार ६ सय ५९ रुपैया ५ पैसा लगानी गरेको उनको भनाई छ।

 सेन्टरमा ६ थान ट्याक्टर, २ थाल पावर टेलर, २ थान माटो मिलाउने, २ थान मिनी टेलर,  ५ थान मकै रोप्ने मेशिन, ५ थान ट्रली, १ थान कम्बाइन्ड हाबेष्टर, २ थान बोरा सिलाउने मेशिन, ४ थान रोटा भेटर, १ थान एम्बी प्लग, ४ थान डिक्स ड्यारो, ६ थान कल्टी भेटर, १ थान धानको बिउ राख्ने मेशिन, २ हजार थान प्लाष्टिक ट्रे, १ थान स्टार रिपर, १ थान धान रोप्ने मेशिन, १ थान रिपर एक र एउटा मेशिन राख्ने ट्रस्ट छ।
कष्टम ह्यारिङ्ग सेन्टरको उद्घाटन प्रदेश नं. २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले गरेका छन्।
    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.