बझाङमा एमाले एकताको छलफल अन्तिम चरणमा

बझाङमा एमाले एकताको छलफल अन्तिम चरणमा

बझाङ : नेकपा (एमाले) भित्रको आन्तिरिक किचलो बढ्दै गएका बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ। पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात् गर्दै  एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए। 

उनले भने, 'पार्टी एकताका लागि भइरहेको अनौपचारिक छलफल अन्तिम चरणमा पुगेको छ। समन्वय तथा छलफल प्रभावकारी बन्दै गएको छ। जिल्लाभित्र र जिल्लाबाहिर रहेका नेताहरुसँग फोन तथा भेटेरै पनि छलफल भइरहेको छ।' जिल्लाका शीर्ष नेताहरुबाट केही दिनभित्रै औपचारिक रुपमा पार्टी एकताको सन्देश आउने उनको भनाइ थियो। 

पूर्ववनमन्त्री तथा एमाले नेता भानुभक्त जोशीले कार्यदलको सुझावअनुसार आफूहरु २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किने भएपछि सोही कमिटीलाई आधार मानेर एकताको पक्षमा उभिएको जानकारी दिए। उनले भने, 'एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली कार्यदलको सुझावअनुसार अगाडि बढ्न सहमत भएकाले हामीहरु पनि  एकताको पक्षमा उभिएका हौं। जिल्लामा पार्टी एकताका लागि छलफल भइरहेको छ। सम्भव भएसम्म हामी चाँडै नै निष्कर्षमा पुग्नेछौँ।' 

जिल्लास्थित अन्य नेता तथा कार्यकर्ताहरुसँग पनि छलफल भइरहेकाले बझाङबाट चाँडै एकताको सन्देश आउने उनले भने। जिल्लामा एमालेलाई एकताबद्ध बनाएर लैजान युवा नेताहरु पनि लागिपरेका छन्। हालसम्म एकताका पक्षमा सबै नेताहरु सकरात्मक भएकाले  एकताको छलफल करीब अन्तिम चरणमा पुगेको  अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आशाकुमारी विकले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.