एकै परिवारका तीन जनाको पोखरीमा डुबेर मृत्यु

एकै परिवारका तीन जनाको पोखरीमा डुबेर मृत्यु

मलंगवा: सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ३ भेल्हीस्थित पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गाउँ भन्दा पूर्वपट्टी रहेको पोखरीमा डुबेर स्थानीय संजीव कापरकी पत्नी २५ वर्षीया रितेबा देवी कापर र उनका २ वर्षीया छोरी रोमा कुमारी कापर र ९ दिने नवजात छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनाबारे प्रहरीलाई बिहान ८ बजे जानकारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताएका छन् ।

घटनाको प्रकृति हेर्दा राति नै डुबेको प्रहरीको भनाइ छ । अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । के कारणले डुबेको हो भन्ने यकिन भएको छैन । तीनवटै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा ल्याइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.