भारतले पत्र पठाउँदै भन्यो: महाकालीमा नेपाली युवक खसेको घटनामा एसएसबीको संलग्‍नता छैन

भारतले पत्र पठाउँदै भन्यो: महाकालीमा नेपाली युवक खसेको घटनामा एसएसबीको संलग्‍नता छैन

दार्चुला: महाकाली नदीमा तुइनबाट खसेर दार्चुलाका युवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको बताएको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनामा भारतीय पक्षको हात नरहेको बताएका छन् ।

सार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी भारतीय पक्षले गरेको हो । पत्रमार्फत भनेको छ, "गस्कुमा नेपाली लुकछिपी आउने क्रम गस्तीले सुनेको थियो । जयसिंहले तार फुकालेर नेपालको तर्फ फालिरहेका थिए । तार फाल्ने क्रममा अल्झिएर धामी नदीमा वेपत्ता हुन् । यसमा एसएसबीको दोष छैन । तार फाल्ने क्रममै अल्झिएर नदीमा खसेका हुन्," पत्रमा भनिएको छ ।

वेपत्ता धामीको खोजीको लागि भारतीय एसएसबीको उद्धार दलले काम गरिरहेको पनि भारतीय प्रशासनले जनाएको छ । घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा साँचो भए पनि मिडियामा आएजस्तो घटनामा एसएसबीको कुनै संलग्नता नभएको पत्रमा लेखिएको छ ।

पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयमा पठाएका छन् । यस्तै नेपालस्थित जिल्ला प्रशासन कार्यालयले पनि एसएसबीको संलग्नता भन्ने खबरको सत्यता नभएको जनाएको छ । नेपाली प्रशासनले समाचार प्रति ध्यानाकर्षण भएको भन्दै दुई देशबीचको सम्बन्ध खलल पार्ने भ्रामक समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।

महाकालीमा बेपत्ता भएका जयसिंह धामीका आफन्तले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निवेदन पेश गरी सत्यतथ्य छानविन गरी आवश्यक कारवाहीको माग गरेका छन् ।

अनुसन्धानका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा

यस घटनाको अनुसन्धानका लागि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली घट्नास्थलमा खटिएको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बहादुर बम, सशस्त्र डिएसपी बीरसिंह धामी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्द लगायतको टोली घट्नास्थलमा पुगेको छ ।

सशस्त्र डिएसपी धामी र प्रहरी निरीक्षक चन्दको टोली घट्नास्थलमै छ भने सशस्त्र एसपी बम भने फर्किएका छन् । भोलि आइतबार नै प्रत्यक्षदर्शीलाई बोलाएर छलफल गरिने प्रहरीले जनाएको छ । अनुसन्धानको नतिजा आउनुअघि यस घटनाबारे प्रतिक्रिया दिन नसकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.