कर्णाली डुंगा दुर्घटना अपडेट : आमा छोरासहित तीनजना वेपत्ता, दुई घाइते, खोजी जारी

कर्णाली डुंगा दुर्घटना अपडेट : आमा छोरासहित तीनजना वेपत्ता, दुई घाइते, खोजी जारी

धनगढी : कैलाली र सुर्खेतको सीमाना भएर बग्ने कर्णाली नदीमा आइतबार दिउँसो १२ बजेतिर डुंगा पल्टिदा तीनजना बेपत्ता भएका छन भने दुईजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चिसापानीले दिएको जानकारी अनुसार कैलालीको मोहन्याल गाउँपालिका ३ बाट बच्चालाई खोप लगाउनका लागि सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गतको बिजौरा भन्ने स्थानमा जान लागेकाहरु सवार डुंगा कर्णालीमा पल्टिएको हो ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक पुस्करराज पन्तका अनुसार कैलालीको मोहन्याल गाउँपालिका ३ की २० वर्षीया उर्मिला सलामी मगर, उनका १० दिनका नवजात शिशु र सोही वडाकी २० वर्षीया पार्वती थापा बेपत्ता छन् । 

डुंगा पल्टिएपछि कैलाली मोहन्याल गाउँपालिका ३ बस्ने १९ वर्षीया धनसरा सलामी मगर र उनका १ महिनाका छोरा कर्ण सलामी मगर घाइते छन्। बच्चाको अवस्था सामान्य रहेपनि धनसराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शनिबार रातिदेखि परेको अविरल वर्षापछि कर्णाली नदीमा पानीको बहाव बढेको थियो । पानीको तीब्र बेगका कारण काठको डुंगा पल्टिएको प्रहरीले जनाएको छ । कर्णालीमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोहन्याल ३ का नागरिक स्वास्थ्य उपचार, बालबालिकाको खोपका लागि सुर्खेत जाने गर्छन् । कैलालीको लम्की टिकापुर आउनु भन्दा उनीहरुलाई कर्णाली तरेपछि सुर्खेत नजिक पर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.