मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

राजविराज : पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसलाई उछिन्न खोज्दा मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलका चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुधसागर चौधरी र सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशंकर यादवको सोमबार राति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

चौधरीले गुडाएको स.११ प ४०३८ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र यादवले गुडाएको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल पछाडी सवार सिरहाको लहान–२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन्। उनीहरुको उपचार लहानमा भइरहेको छ।

बा. २ ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ। बस गइरहेकै दिशातर्फ जाँदै गरेको स.११ प.४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बायाँ तर्फको ह्याण्डिल बसमा ठोक्किएर अनियन्त्रित भएको डिएसपी माधवप्रसाद काफ्लेले बताए। 
अनियन्त्रित भएको सो मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको र प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो। डीएसपी काफ्लेका अनुसार बुधसागर चौधरीको घटनास्थलमै र रामशंकर यादवको सप्तऋषी अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भयो।

मृतकको शव लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको छ। उनीहरुको मङ्गलबार पोस्टमार्टम हुने अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.