काठमाडौं जाँदै गरेको बसबाट अनौठो ढुङ्गा र कपडा बरामद

काठमाडौं जाँदै गरेको बसबाट अनौठो ढुङ्गा र कपडा बरामद

मलंगवा : सर्लाहीको हरिवनमा रहेको सशस्त्र प्रहरी बल बेस क्याम्पको टोलीले सोमबार साँझ मलंगवाबाट काठमाडौं जाँदै गरेको एक यात्रुबाहक रात्रीबसबाट अनौठो खालको ढुङ्गाजस्तो देखिने पदार्थ, एउटा सानो ग्यास भरेको जस्तो देखिने सिलिण्डर र कपडा बरामद गरेको छ। 

सदरमुकाम मलंगवाबाट काठमाडौँ जाँदै गरेको ना. ५ ख २७७० नम्बरको बसलाई चेकजाँक गर्ने क्रममा अनौठो ढुङ्गा, सिलिण्डर र कपडा बरामद भएको हो। दुध बोक्ने ५ लिटरको क्यान जस्तो एउटा भाँडो, दुई ओटा बोरामा अनौठो खालको ढुङ्गाका साथै गञ्जी, महिलाले लगाउने कुर्ता सरुवाल, टप लगायत कपडा १६ बोरा, ७ बोरा चपरा (काठमा लगाउने एक प्रकारको पोलिस) र २० बोरा चिनीसमेत बरामद भएको स्रोतले जनाएको छ। कपडा तस्करी भइरहेको सुराकीका आधारमा सशस्त्र प्रहरीको टोलीले हरिपुर नगरपालिका अन्तर्गत नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत जुटपानीमा चेकजाँच गर्दा उक्त रात्रीबसबाट अनौठो लाग्ने विभिन्न धातुजन्य सामग्री समेत बरामद गरेको हो। 

बरामद गरिएको नौलो सामान अत्यन्त शंकास्पद देखिएकाले नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि बुझाइने र अन्य बरामद गरिएका कपडा लगायत अन्य सामग्रीलाई पनि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ। सामान नियन्त्रणमा लिएपनि प्रहरीले उक्त रात्रीबसमा यात्रु भएकाले हाललाई छाडिएको र आवश्यक अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिन सकिने सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.