भारतीय सीमा नजिकै त्रिभुवन नगर प्रहरी चौकी आफ्नै भवनमा

भारतीय सीमा नजिकै त्रिभुवन नगर प्रहरी चौकी आफ्नै भवनमा

मलंगवा: नेपाल-भारत सीमा नजिकै रहेको सर्लाहीको ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ त्रिभुवन नगरमा प्रहरी चौकी भवन निर्माण भएको छ ।

२ वर्ष लगाएर शुक्रबार नयाँ प्रहरी चौकी भवन सम्पन्न भएको हो । पुरानो भवन जिर्ण भएर भत्केपछि प्रहरीहरुले छेउकै निजी घरबाट दुई वर्षदेखि सेवा प्रबाह गर्दैआएको थियो । प्रहरी चौकी भवनको प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआजी) उमेश रन्जितकारले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

आफ्नो भवन नहुँदा निजी घरमा बसेर सेवा प्रवाह गर्दा विभिन्न समस्याहरु देखिएका थिए । अब आफ्नै भवन निर्माणपछि सेवा प्रवाह गर्न सजिलो हुने प्रहरीले जनाएको छ । जीर्ण भनव भत्केपछि नयाँ भवनको शिलान्यास वि.स. २०७६ साल जेठ ६ गते गरिएको थियो ।

बेलायती संस्था डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिएफआइडी) को आर्थिक सहयोग, युनाइटेड अफिस फर प्रोजेक्ट सर्भिस काठमाडौँ (युएनओपीएस) अन्तर्गत मोर्डनाइजेसन एण्ड इमप्रुभ्मेन्ट अफ पुलिस प्रोजेक्ट (एमआइपीपी) को आयोजनामा भवनको निर्माण गरिएको हो ।

२ करोड ३५ लाखको लागतमा अढाइ तले भवन निर्माण गरिएको छ । जसमा ११ कोठा, मेश, बाथरुम र अपाङ्ग मैत्री शौचालय निर्माण गरिएको छ । भनव उद्घाटन गर्न आएका डिआजी रन्जितकारले न्युन स्रोत साधनमा उच्च मनोबलका साथ नेपाल प्रहरीले कार्य गर्दै आएको बताएका छन् ।

सीमा क्षेत्रमा अपराध, चोरी निकासी बढी हुने भएकाले थप जिम्मेबार भइ काम गर्न निर्देशन समेत दिएका छन् । भारतीय बजारसँग सीमा जोडिएको र दिनहुँ सामान ओसार पसार हुने नाका भएकाले २०३८ सालमै यहाँ प्रहरी चौकीको स्थापना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.