म्याराथुन धावक गोपीचन्द्र पार्कीलाई आर्थिक  सहयोग

म्याराथुन धावक गोपीचन्द्र पार्कीलाई आर्थिक  सहयोग

धनगढी : यसपालीको ओलम्पिकमा सहभागी नगराइएका सुदूरपश्चिमका म्याराथुन धावक गोपीचन्द्र पार्कीलाई दिनेश फाउन्डेशनले आर्थिक सहयोग र सम्मान गरेको छ । फाउन्डेशनले पार्कीलाई पेरिसमा हुने ३३ औं ओलम्पिकको तयारीका लागि तीन लाख ६० हजार रकम आर्थिक सहयोग गरेको हो । 

फाउन्डेशनले आफ्नो वार्षिकोत्सवका अवसरमा पार्कीलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मानित गरेको छ । पार्कीले नेपाल ओलम्पिक कमिटिले आफूलाई चीनमा भएको ३२ औं ओलम्पिक खेलकुदमा सहभागी हुनबाट बञ्चित पारेको गुनासो गर्दै आएका थिए । 

सुदूरपश्चिमको धनगढी उपमहानरपालिका ९ घर भएका पार्कीले १३ औं दक्षिण एशीयाली खेलकुदमा ८ हजार मिटर र ५ हजार मिटर दौडमा दोहोरो स्वर्ण जितेका थिए । समयमै ओलम्पिकमा जानका लागि आवेदन हालेका उनलाई म्याराथुनमा स्ट्यान्डर्ड समय नपुगेको बहाना बनाएर सहभागी हुनबाट बञ्चित गरिएको थियो ।

‘मेरो इन्ट्री समयमा नगरी दिएका कारण म ओलम्पिकमा सहभागी हुन पाएन, म्याराथुनमा केही स्टेन्डर्ड हुँदैन, त्यो बहाना मात्रै हो, 'उनले भने । उनले म्याराथुन र स्वीमिङमा भाग नदिने देशलाई ओलम्पिक कमिटिले जरिवाना गर्ने गरेपनि आफूलाई सहभागी हुनबाट बञ्चित गरेको बताए ।

उनले आफ्नो ठाउँमा सय मिटर दौडका लागि सरस्वती चौधरीलाई पठाएको गुनासो गरे । ‘साख खेलकुदमा दोहोरो स्वर्ण जिते, अरुले ट्रेनिङका लागि दैनिक ५ सय डलरका हिसाबले भत्ता पाउँछन्, तर मैले आफ्नै रकमले ओलम्पिकमा सहभागिताका लागि तालिम लिएँ, तर अन्तमा मलाई ‘डिस्ट्रोय’ गर्न खोजियो’ पार्कीले गुनासो गरे । 

उनले दिनेश फाउन्डेशनले गरेको आर्थिक सहयोगले आफूले तालिम गर्ने र अबको ३३ औं ओलम्पिकमा नेपालका लागि पदक जितेर ल्याउने दाबी गरे । गोपी चन्द्र पार्की अहिले एपीएफमा छन् । उनी नेपालका हरेक म्याराथुनमा पहिलो हुँदै आएका छन् । सामान्य परिवारमा जन्मेका पार्की, ४२ किलोमिटरको म्याराथुनको रेकर्ड ब्रेक गर्ने दाबी गर्छन् ।

सुदूरपश्चिमको पनि दलित परिवारमा जन्मिएका पार्कीलाई ओलम्पिकमा सहभागी नगराएको थाहा पाएपछि आफूले उनलाई ट्रेनिङमा सहज होस भनेर सहयोग गरेको दिनेश फाउन्डेशनका अध्यक्ष श्याम हमालले बताए । 

‘बीबीसीमा गोपीको अन्तवार्ता सुने, उनले तालिमका लागि पनि धेरै रकम खर्च गरेको तर अन्तमा ओलम्पीकमा सहभागी हुन नपाएको गुनासो गरेका थिएँ, त्यही सुनेर सानो सहयोग गरेको हुँ,' हमालले भने ।

उनले खेलाडीका लागि पदक जित्नु पछिको कुरा भएपनि ओलम्पिकमा प्रदेश वा देशको प्रतिनिधित्व गर्न पाउनु पनि ठूलो कुरा रहेको बताए । ‘कुनै प्रतिभालाई ओलम्पिकमा सहभागी मात्र हुनु पनि देश र उसका लागि महत्वपूर्ण हुन्छ, गोपीलाई सहभागी हुनबाट बञ्चित गराएको सुन्दा दु:ख लागेको छ, 'हमालले भने ।

एकसय एक पिन्ट रक्तदान

दिनेश फाउन्डेशनले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ । हरेक वर्ष फाउन्डेशनले आफ्नो वार्षिकोत्सवका अवसरमा साताव्यापी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । 'दाताहरुले एक सय एक पिन्ट रगत दिएका छन्, रक्तदान जीवन दान हो, 'फाउन्डेशनका अध्यक्ष श्याम हमालले भने। 


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.